सहमतिको सरकार
१४ कार्तिक २०६६
•
११ मिनेट पाठ
सहमतिको सरकार
समयमै नयाँ संविधान जारी गर्न र माओवादी सेनाका सदस्यको सफलतापूर्वक समायोजन र पुनर्स्थापन गर्न राष्ट्रिय सहमतिको सरकार वाञ्छनीय देखिन्छ। विस्तृत शान्ति सम्झौता कार्यान्वयनको समीक्षा गरिएमा आपसी विश्वासको वातावरण पुनः स्थापना गर्न र शान्ति प्रक्रियालाई फेरि उर्जा प्रदान गर्न सहयोग पुर्‍याउन सक्छ।

नेपालको शान्ति प्रक्रियाका मुख्य प्रतिबद्धता कार्यान्वयन हुन अझै बाँकी छ र यो गम्भीर चिन्ताको विषय हो। दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतीत समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्‍याइ रहेको छ। हालैमात्र तीन प्रमुख दलले अनौपचारिक कार्यदलमा सामेल भएर शान्ति प्रक्रियाका विवादास्पद मुद्दा र संवैधानिक विषयमा छलफल गर्न थालेका छन्। सबै तहमा हुने त्यस्ता छलफल तदर्थ रूपले निरन्तर छन् तर वरिष्ठ नेताहरूबीच यस्तो अन्तरक्रियालाई सहयोग पुर्‍याउने औपचारिक संयन्त्र भएमा शान्ति प्रक्रियालाई फाइदै पुग्थ्यो भन्ने मेरो धारणा छ।

शान्ति प्रक्रियामा हालसम्मकै उल्लेखनीय उपलब्धि भनेको प्रतिनिधिमूलक संविधानसभा निर्वाचन हो। यसको सबैभन्दा महत्वपूर्ण काम र देशसमक्ष विद्यमान ठूलो चुनौति भनेकै सन् २०१० मे २८ भित्र जारी गरिने संविधानको मस्यौदा तयार गर्नु हो। केवल आधाभन्दा केही बढी विषयगत अवधारणापत्रमाथि संविधानसभामा छलफल गरिएको सन्दर्भमा समग्र कार्यतालिका छैठौं पटक परिवर्तन भइसकेको छ। सामान्यतया प्रमुख दलका वरिष्ठ नेताहरूले संविधानसभाका छलफलमा भाग लिएका छैनन्। लामो समयदेखि द्वन्द्वको कारकका रूपमा रहिआएका राज्य पुनर्संरचना, भूमिसुधार तथा अन्य सामाजिक­आर्थिक चुनौती सम्बोधन गर्न संविधानसभाको प्रक्रिया तथा अन्य मञ्च प्रयोग गर्न म सबै दललाई आग्रह गर्छु। आजसम्म यी महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने साझा रणनिति तय गर्ने सम्बन्धमा थोरै मात्र प्रगति हासिल भएको छ।

योग्य नठहरिएका माओवादी सेनाका सदस्यको बिदाइ गर्ने काम पुनः सुचारू गर्न हालै गरिएको प्रयास तथा यसमा महिनौदेखि मतभेदपछि सरकार र माओवादीको संयुक्त संलग्नताले शान्ति प्रक्रियाका लागि शुभ सङ्केत दिएको छ। तथापि यस कदमको सफलताबारे अहिल्यै विश्वस्त भइहाल्नु अलि अपरिपक्व हुनेछ। तसर्थ सरकार, एकिकृत नेकपा माओवादी र माओवादी सेनाले सहकार्य जारी राख्दै लामो समयदेखि थाती रहेका प्रतिबद्धता यथासक्य कार्यान्वयन गर्नु अति महत्वपूर्ण हुन्छ।

प्रधानमन्त्री र नयाँ प्रधानसेनापतिले नेपाली सेनाको लोकतान्त्रिकरणबारे आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन्। सेनालाई उपयुक्त आकार दिनुपर्ने आवश्यकता र अन्य सुरक्षा बलमा हुनसक्ने उल्लेखनीय वृद्धिलाई ध्यान दि"दा यस क्षेत्रका सम्बन्धमा समग्र रणनीति तयार गरिनु सामयिक हुन्छ। घातक सैन्य सामग्री खरिद र सेनामा नयाँ भर्तीबारे विस्तृत शान्ति सम्झौतामा उल्लेखित प्रतिबन्धात्मक प्रावधानलाई नेपाल सरकारले आजसम्म दर्शाएको सम्मानलाई निरन्तरता दिन म प्रोत्साहित गर्छु।

हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौताको गम्भीर उल्लङ्घनका घटना गत तीन वर्षमा न्यून रहे र यस सम्बन्धमा अन्मिनले निर्वाह गरेको भूमिकाको स्वीकार गर्दै राजनीतिक क्षेत्र र नागरिक समाजबाट मेरा प्रतिनिधिलाई सन्देश प्राप्त भएका छन्। तर शान्ति प्रक्रियाको सुरुको केहि समयका लागि व्यवस्था गरिएको वर्तमान अनुगमन सम्बन्धी प्रयोजनलाई लामो समय कायम गर्दा धेरै जोखिम हुन्छ। विभिन्न सम्झौतामा उल्लेख भएका माओवादी सेनाको समायोजन र पुनर्स्थापन तथा नेपाली सेनाको 'लोकतान्त्रिकरण'का लागि आवश्यक पर्ने अति जरूरी कामका लागि सञ्चालनको कामलाई अन्मिनको हलुका अनुगमन उपस्थितिले प्रतिस्थापन गर्न सक्दैन। माओवादी सेनाका सदस्यको भविष्य निर्धारणको मुद्दा नेपालको शान्ति प्रक्रियाको आधारस्तम्भमध्येको एक भएकाले यसबारे आमसहमतिमा पुग्न म सबै दललाई आह्वान गर्छु। प्रधानमन्त्री नेपालले कुनै विलम्ब नगरी समायोजन र पुनर्स्थापनको काम सम्पन्न गर्न सबै पक्षसँग मिलेर काम गर्ने आफ्नो चाहना रहेको राष्ट्रसंघसमक्ष व्यक्त गर्नु भएको छ। यो विषय महत्वपूर्ण भएको हुँदा सबै दलले यसबारे सावधानीपूर्वक योजना बनाउँदै विषयवस्तु तथा प्रक्रियाबारे प्रष्ट भएर बढ्नु उपयुक्त हुनेछ। आवश्यक परेका वखत सहयोग गर्न अन्मिन सदैव तयार छ।

विशेष समितिको पुनर्गठन र प्राविधिक समितिले फेरि काम सुरु गर्नु सकारात्मक कदम हुन्। सबै दलको पूर्ण प्रतिबद्धताका साथ समितिहरूको काम बढ्नेछ भन्नेमा म आशावादी छु। अन्मिनले प्राबिधिक समितिसँग नजिकमा रहेर काम गरिरहेको छ र समितिले समायोजन र पुनर्स्थापन सुरु गर्न योजना तय गरेपछि अन्मिन सहायता प्रदान गर्न तत्पर छ।

नेपाल हाल महत्वपूर्ण राजनीतिक र सामाजिक रुपान्तरणको मार्गमा बढिरहेको छ। समयमै नयाँ संविधान जारी गर्न र माओवादी सेनाका सदस्यको सफलतापूर्वक समायोजन र पुनर्स्थापन गर्न राष्ट्रिय सहमतिको सरकार वाञ्छनीय देखिन्छ। यसैगरी सन् २००६ मा हस्ताक्षर भएपछि कार्यान्वयनको व्यापक समीक्षा नभएको विस्तृत शान्ति सम्झौता कार्यान्वयनको समीक्षा गरिएमा त्यसले पक्षहरूलाई आपसी विश्वासको वातावरण पुनः स्थापना गर्न र शान्ति प्रक्रियालाई फेरि उर्जा प्रदान गर्न सहयोग पुर्‍याउन सक्छ। जनताले अपेक्षा गरे बमोजिमको लोकतन्त्र र सामाजिक रुपान्तरणको प्रतिफल जनतासम्म पुर्‍याउन पक्षहरूले प्राथमिकताका कार्यक्रमसहितको स्पष्ट मार्गचित्र तयार गर्नु आवश्यक छ।

नेपालीहरू आफैँले बढाएको शान्ति प्रक्रियामा अन्मिनले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको शान्ति प्रक्रियाका सरोकारवालाहरूले निरन्तर बताउँदै आएका छन्। माथि उल्लेख गरेझैँ सन् २००७ को प्रमाणिकरण प्रक्रियामा माओवादी सेनाका योग्य नठहरिएका सदस्यको बिदाइ र योग्य ठहरिएका सदस्यको समायोजन र पुनर्स्थापन गर्ने तर्फ केही सकारात्मक प्रारम्भिक कदम चालिएको छ। तर हालैका यी कदम सुरुवातीमात्र भएकाले नेपाल सरकारको जुलाइ ७ को पत्रमा उल्लेखित प्रतिबद्धता कार्यान्वयनलगायत यसै कार्यादेशभित्रै अन्मिनका गतिविधि सम्पन्न गर्न यी कदम पर्याप्त मान्न सकिन्न। यसबाट नेपाली पक्षहरूले अब साढे दुई महिनामा सम्पन्न गर्नैपर्ने गहन जिम्मेवारी प्रष्ट हुन्छ। शान्ति प्रक्रियामा व्यक्त प्रतिबद्धता हासिल गर्ने काममा अन्मिन र राष्ट्रसंघ आवश्यक सहयोग गर्न सदैव तत्पर छन्।

अन्त्यमा, नेपाल र शान्ति प्रक्रियामा सहयोग गर्ने राष्ट्रसंघको काममा गर्नुभएको निरन्तर सहयोगका लागि म सुरक्षा परिषद् र अन्य सदस्य राष्ट्रलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसका साथै म नेपालका लागि मेरा विशेष प्रतिनिधि करिन लनग्रेन, उहाँका कर्मचारी र नेपालस्थित उहाँहरूका साझेदार सङ्गठनहरूको अथक प्रयासका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु।
(नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधबारे महासचिव मूनको प्रतिवेदनको अवलोकन अंश।)
अर्को समाचार
एमालेद्वारा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव
१५ मंसिर २०७१
•
१ मिनेट पाठ
एमालेद्वारा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव
काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार प्रस्ताव गरेको छ। सोमबार मधेसी मोर्चासँगको बैठकमा एमालेले माघ अघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव राखेको एमाले बरिष्ठ नेता झलनाथ खनालले बताए। उनले भने 'राष्ट्रिय सहमतिको सरकार गठन गरी सहमतिबाटै संविधान जारी गर्न मधेसी मोर्चालाई प्रस्ताव गरेका छौं।'
त्यसो भएमा सवै विषयमा सहमति हुने खनालको भनाई थियो। 'हामीले औपचारिकरुपमा गम्भिर ढंगले प्रस्ताव राखेको कुरा हो' खनालले भने, 'हामी सहमतिबाटै संविधान जारी गर्ने पक्षमा छौं, वहुमतको पक्षमा छैनौं।'

एमालेको प्रस्तावमा शंका गर्दै मधेसी मोर्चाले मन चोरेको होकी साँच्चिकै भनेको हो? भन्दै प्रश्न गरेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए।

मधेसी मोर्चाले एमालेको प्रस्तावलाई सकारात्मरुपमा लिएको महतोले बताए। बैठकमा एमाले लचिलो भएर प्रस्तुत भएको महतोले बताए। फेरी १९ गते बस्ने गरी बैठक स्थगित भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस