करिब १५० वर्ष पहिलेको कुरा हो। मेरो गाउँमा १६०० मुरी धान फल्ने टारी खेत सिँचाइ गर्न कुलो खनिएको रहेछ। त्यतिबेला त्यो कुलो खनाउने न सर्टिफिकेटधारी इन्जिनियर थिए न त सामान्य हातले प्रयोग गरिने गैटी र सावेल नै। २०५० सालतिर त्यो ४.५ किमि लामो कुलोमा सिमेन्टको भुइँ र वाल लगाइयोे, पानी चुहिने थुप्रै प्वाल टालियो, सेडिमेन्टेसन बेसिन बनाइ बाँधलाई आधुनिक पनि बनाइयो। चुहिएर खेर जाने पानी खेतमै आइपुग्यो तर त्यसो गर्नका लागि खर्च भने एक दाताले बनाइदिएको कार्यक्रममार्फतको रकमबाट गरियो।फर्केर हेर्दा १५० वर्षपहिले रकम कसरी जुटाए होलान् त? चासो स्वाभाविक हो। बूढापाकाले सुनाएअनुसार १५० वर्षपहिले त्यो कुलो खन्दा जसको जति मुरी धान फल्ने खेत थियो त्यही अनुपातमा अन्नपात संकलन गरी कामदार लगाएर खनाइयो। खेतधनीले पनि श्रम गरे। दुईदेखि तीन वर्ष खन्नका लागि समय लागेको थियो। अहिलेको मर्मत गर्ने खर्च भने त्यो पुर्खाले सायद सोच्दै नसोचेको विदेशी दाताको सहयोगमा गरियोे। हिजोको समुदायले हातमुख जोर्न अन्न फलाउन समूहमा मिलेर कुलो खनाए आज त्यो खेतको आम्दानी राष्ट्रिय अर्थतन्त्रमा पनि हिसाबकिताब हुन्छ, अनि राज्यको पूर्वाधारमा गणना पनि। त्यसयता केही वर्षको अन्तरालमा कहिले यो दाता कहिले त्यो दाताको अनुदान कुलोमा रकम वर्षेकै छ, मर्मत पनि हुँदैछ। जबकि २०५० सालपहिले गाउँलेले आफ्नै खर्चमा कुलो मर्मत गर्दै आएका थिए।
कुरा त्यो दाताको पैसाको होइन, प्रवृत्तिको हो। सरकार वा त्यो समुदायले आफ्नै स्रोतबाट त्यो खर्च गर्न किन सकेन भन्ने हो। अझ भनौँ, त्यही खेतमा आज प्लटिङ गरिँदैछ, घडेरी बनाएर बेचिँदैछ। केही वर्षभित्रै त्यो कुलो चटक्कै बिर्सिइने सम्भावना पनि धेरै टाढा छैन किनकि करिब १०० मुरी धान फल्ने खेतमा त घर नै ठडिइसकेको छ। पुर्खाले बनाइदिएको कुलोले सिँचाइ भएको खेतमा पनि घडेरी बनाएपछि मुलुक परनिर्भर नभए के हुन्छ? नाकाबन्दीको शिकार हाम्रै यस्तै प्रवृत्तिले भएका हौँ। भूनीति बनाएर खेती गर्ने ठाउँ घडेरीका लागि टुक्र्याइँदैन, खेती गर्ने ठाउँ मासिँदैन भन्ने नीति बनाएर कार्यान्वयन गर्न नसक्ने नाथेहरु अमुक राष्ट्रवादी नारामा रम्नुको कुनै औचित्य छैन।
थुप्रै अर्थशास्त्री यो कुरालाई गम्भीररूपमा लिँदैनन् किनभने नेपालमा अर्थशास्त्री पनि दातामैत्री बढी पाइन्छन्, किन अर्थशास्त्री दाताको विरोध गर्न सक्दैनन्? थुप्र्रै ठूला परियोजना गर्न स्रोत अभाव भयो भन्ने कुरा मान्न सकिएला तर यस्ता सानातिना काममा पनि दाता गुहारेपछि हामी कति परजीवी भइसकेछाँै भन्ने उदाहरण दिन अरु केही खोज्नुपर्दैन। अहिले २५० अर्ब रुपियाँको बूढीगण्डकी परियोजना सरकार, सर्वसाधारण र निजी क्षेत्रको साझेदारीमा बन्न सक्ने कुरा गरिरहँदा अब ठूला आयोजना स्वदेशकै स्रोतले बन्न सक्छ भन्ने स्थापित लगभग भइसकेको छ।
हामीमा किन आफैँले सुधार अर्थात् आफ्नैखालका सुधार याने रिफर्म (यो शब्द हरेकजसो मन्त्रालयमा सञ्चालित कार्यक्रममा भएकाले)का काम किन आफँै गर्न सक्दैनौँ? हालसालै काठमाडौँको एकतारे होटलमा दाताले सरकारको एउटा नीति सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरे। उक्त नीति दाताले अंग्रेजीमा लेखेर पठाएपछि सरकारले नेपाली भाषामा उल्था गरी मन्त्रिपरिषद्ले छापेको रहेछ। अनि त्यो नीति सार्वजनिक गर्ने कार्यक्रममा सरकारी अधिकृत माइक्रोबसमा जस्तै गरी ठेलमठेल गरी मञ्चमा बसे र पाल्ौपालो उक्त नीतिबारे आफूले जाने/बुझेको कुरा भट्याए। यस्तो नीति मन्त्रालयका आफ्नै हलहरुबाट कमै सार्वजनिक हुन्छन्। यदि हलबाट सार्वजनिक भएका नीति योजना कार्यक्रम हुन् भने ती आफ्नै हुन सक्छन्। होइन भने प्राविधिक सहयोगको डलर र तिनै वक्ता अधिकृतहरुको भत्तासँगै धेरै कुरा टाँसिएर आएका हुन्छन्।
अहिले जुनसुकै मन्त्रालयमा गएर सोध्नूस्– 'तपाईँको मन्त्रालयमा के के सुधारका काम भइरहेको छ?' ती सुधारका बेलिविस्तार लगाउने कर्मचारीले नाउँ लिनेछन्। एलजिसिडिपी, एसएसआरपी, एचएसआरपी आरआइपी यस्तै यस्तै कुरा सुन्नुहुन्छ। यी सबै नाउँ मात्रै होइन काम पनि विदेशीका नून खाएर चलेको छ, अनि ती कार्यक्रमको मिटिङ भत्ता खाए भनेर आलोचना गर्नुमा कुनै तुक देख्दिन। त्यस्ता कार्यक्रमको नेपाली नाउँसमेत राख्न सक्दैनन् कति दरिद्र मानसिकता। यो पनि हामी आत्मनिर्भर हुन नसकेको ज्वलन्त उदाहरण हो। जसरी हामी भारतसँग आश्रित हुँदा उसले लगाएको नाकाबन्दीको सिकार भएका छौं। दाताको नाउँमा आउने रकमसँगै उनीहरुको नीति अदृश्य बनेर मुलुकभित्र पसिरहेछ। त्यससँगै नवउपनिवेशवाद कायम हुँदैछ नेपालमा। त्यस्ता सुधार आयोजनामा हुने भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि चूप लागेको कैयन् उदाहरण छन्, त्यसो किन हुन्छ कुरा बुझिँदैन।
आफू बिगार्ने अनि डलरमा सुधार खोज्ने
कुनै पनि विकास निर्माण गर्दा योजनाबद्ध र दिगो हुनुपर्छ भन्ने सिद्धान्त थाहा नहुने सायदै होलान्। तर त्यस्ता कुरालाई लत्याएर विकासले निम्त्याउने जटिलतालाई ख्यालै नगरी भटाभट गरिन्छ। विकास गराउनेले चुनाव जितेकै छन्। उदाहरणका लागि विद्युत् प्राधिकरणको एक चौथाई बिजुली चुहिन्छ र त्यो चुहावटमा आधाभन्दा बढी हिस्सा जथाभावी अर्थात् क्षमताभन्दा बढी लाइन वितरण गरेकाले हुन गएको हो।
गाउँगाउँमा पुगेको ११ केभीको लाइन १५ किमीभन्दा बढी हुनुहुँदैन सामान्यतया तर त्यस ठाउँमा उपभोक्ताबाट आउने माग थेग्न नसकेर ३५ देखि ४० किमीसम्म पनि तानिएको हुन्छ। त्यसो गर्दा न्यून भोल्टेजको कारणले हुने चुहावटलाई ध्यान दिइँदैन। त्यस्ता ठाउँमा बिजुलीको माग खासगरी बेलुकी दुई घण्टा जति उच्च हुन्छ अरु बेला खासै हुँदैन यो पनि प्राविधिक चुहावट बढ्नुको एक कारणमध्ये पर्छ। छुट्टै सबस्टेसन निर्माण गर्दै गएमा त्यो चुहावटको कारण बन्दैन तर त्यसो गर्न बजेटको अभाव देखाइन्छ। यसरी बिगारेको काममा सुधार अर्थात् दाताको भाषामा रिफर्मको नाउँमा परियोजना चलिराखेको छ प्राधिकरणमा। एक दाताको अनुदानमा प्राधिकरणमा त्यो चुहावट नियन्त्रण गर्ने प्रोजेक्ट चल्दैछ। आफैंले काम बिगार्ने अनि सपार्नचाहिँ विदेशीको अनुदान चाहिने काम गरेपछि परनिर्भरता कसरी बढ्दैछ भन्ने उदाहरणहरु मन्त्रालयपिच्छे नै थुप्रै पाइन्छन्।