रोमाञ्चक तिहार
०९ कार्तिक २०७६
•
३ मिनेट पाठ
रोमाञ्चक तिहार
संविदा वाग्ले,




कक्षा–११, एलआरआई स्कुल, कलंकी,काठमाडौं।

तिहार शब्द सुुन्नेबित्तिकै मनमा एक किसिमको रौनक उत्पन्न हुुन्छ। तिहारलाई फूलमाला र बत्तीको चाड पनि भनिन्छ। दसैं सकिनासाथ कहिले आफ्नो घर बत्तीले सजाउन पाइएला, आँगनमा रङ्गोली बनाउन पाइएला, घरदैलोमा दियो बाल्न पाइएला, झ्यालढोका मालाले सिँगार्न पाइएला, ससाना केटाकेटीहरूको देउसीभैलो हेर्न पाइएला भनेर सोचिहालिन्छ। यतिबेला पढाइमा पनि मन जाँदैन। तिहारको अवधि दसैंभन्दा छोटो हुन्छ तर यसको रमाइलोपन भने निकै बढी रहन्छ। तिहार सुरु हुनुभन्दा अघि नै घरघरमा पकवानहरू पाक्न थाल्दछन्।

कतिपयले आफ्नो पूरै घर झिलिमिली बत्तीले सजाउँछन्। घरभित्र धुलोका कण समेत नरहने गरी सरसफाइ गरिन्छ। सबैको घर त उज्यालो हुन्छ नै, मान्छेहरूको मुहार पनि खुसीले धपक्क बलेको देखिन्छ। तिहारको धार्मिक महत्व पनि धेरै ठूलो छ। तिहारमा काग, कुकुर, गाई, गोरु आदि जनावरको पूजा साथै धनकी देवी लक्ष्मी माताको आराधना गरिन्छ। यस चाडले दिदीभाइ/दाजुबहिनी बीचको सम्बन्धलाई समेत बलियो बनाउँछ।

आफ्नो दाजुभाइलाई देवता सरह पुजा गरेर मिठाई, मसला, फलफूलसहित उपहार दिदा दिदीबहिनीहरू निक्कै खुसी हुन्छन् अनि दिदीबहिनीलाई पनि दक्षिणा, उपहार दिएर दाजुभाइले खुसीयाली व्यक्त गर्दछन्। समूह बनाएर खेलिने देउसीभैलोले तिहारलाई अझ रमाइलो प्रदान गर्दछ। यी सबै कारणले तिहार मलाई एकदम मन पर्छ।

संस्कृतिको नाममा केही विकृति तिहारमा समेत भित्रिएको पाइन्छ। जस्तै तिहारमा जुवा, तास खेलेर धेरै पैसा सिध्याएको मलाई मन पर्दैन। त्यस्तै कानै खाने गरी पटाका पड्काउने कामले ध्वनि प्रदूषण र वातावरणलाई पनि दूषित बनाउँछ।

हामीले चाडपर्वका नाममा भित्रिएका नराम्रा पक्षलाई हटाउनुपर्छ र राम्रा पक्षको जगेर्ना गर्नु पर्दछ। केही नराम्रा कुरालाई हटाउने हो भने तिहारको महत्व अझै थपिन्छ। म त आफूलाई सबैभन्दा बढी मनपर्ने रोमाञ्चक तिहारलाई स्वागत गर्न तयार भएर बसेको छु। तपाईहरू पनि तयार हुनुस् है !
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
राप्तीमा धान खरिद सुरु
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
यो पनि पढौँ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस