फौजदारी अपराधलाई राजनीतिक प्रकृतिको अर्थ लगाएर जुनसुकै मुद्दा फिर्ता लिन सक्ने व्यवस्था विधेयकमा राखिएको विषयमा संसदीय समितिले अझै निर्णय लिन सकेको छैन। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा एक वर्षदेखि छलफलमा रहेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ ले हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका समूहलाई जघन्य अपराध गरे पनि शान्तिपूर्ण राजनीतिमा ल्याउन जुनसुकै मुद्दा फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र सांसदले विधेयकको दफा ६४ हटाउन संशोधन प्रस्ताव दर्ता गराएका छन्।
कुल ३४ सांसदबाट दफा ६४ हटाउनुपर्ने भनी संशोधन प्रस्ताव राखिएको हो। तर यो व्यवस्थालाई हटाउने वा राख्ने भन्ने विषय समितिमा अन्योलमै छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न सरकारले गत वैशाख २६ मा केही नेपाल ऐन संशोधन विधेयक २०८० दर्ता गरेको थियो।
समितिले सैद्धान्तिक छलफल सकिए पनि विधेयकको दफा ६४ हटाउने सांसदको संशोधनलाई कार्यान्वयन गर्न सकेको छैन। समिति सभापति विमला सुवेदीले यो विषय अझै छलफलमै रहेको बताइन्।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा फौजदारी अपराधलाई फिर्ता लिन नमिल्ने व्यवस्था गरिएको छ। तर विधेयकको दफा ६४ ले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौताबमोजिम त्यस्ता दल वा समूहका नेता तथा कार्यकर्ताविरुद्ध चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहे पनि फिर्ता लिन बाधा नपर्ने भन्ने व्यवस्था छ।
समिति सभापति सुवेदीले भनिन्, ‘विधेयकको दफा ६४ को कानुन मन्त्रालयसँग सम्बन्धित विषयलगायतमा छलफल बाँकी रहेको बताइन्। उनले यी विषयमा सहमति भए विधेयक सदनमा पेस हुने जानकारी दिइन्।