प्रक्रियामा जान तीन दल तयार
२९ असोज २०७१
•
६ मिनेट पाठ
प्रक्रियामा जान तीन दल तयार
काठमाडौं-संविधानसभाले दोस्रोपटक दिएको समयसीमा बिहीबारसम्म संविधानका विवादित विषयमा अन्तिम सहमति प्रयास गर्ने र सहमति नभए प्रक्रियामा जाने निष्कर्षमा दलहरू पुगेका छन्।संसद सचिवालय सिंहदरबारमा बुधबार भएको तीन दलीय बैठकमा शीर्ष नेताहरूले विवादित विषयमा सहमति कायम गर्न बिहीबार दिनभर अन्तिम प्रयास गर्ने जनाएका छन्। राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरूबीच सहमति हुन बाँकी छ। 
नेताहरूले प्रक्रियामा जानका लागि प्रश्नावली बनाउन संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्। प्रश्नावली बने पनि सहमतिको प्रयास कायमै राख्ने उनीहरूको भनाइ छ। 
तीन दलको शीर्ष बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रियामा जान पनि सहमति कायम गर्नैपर्ने बताएका थिए। उनले अघिल्लो संविधानसभाका बेला पनि प्रश्नावली तयार भएर सहमति नहुँदा पेस हुन नसकेको सुनाएका थिए। शीर्ष नेता सम्मिलित संवाद समितिभन्दा बाहिर प्रश्नावली बनाउनका लागि जिम्मा दिन मिल्ला कि नमिल्ला भनेर अध्यक्ष नेम्वाङले प्रश्न गरेका थिए। 
कांग्रेस र एमालेका नेताहरूले अब फेरि संवाद समितिमा नै विषयहरू फर्काउन नहुने धारणा बैठकमा राखेका थिए। त्यसपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले यसअघि पनि आफूहरूले समय नमागेको स्पष्ट पारेका थिए। 
‘हामी भोलि (बिहीबार) सिरियस कुरा गर्छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘सचिवालयले प्रश्न पनि बनाउँदै जान्छ। हामी सहमतिको प्रयासमा रहन्छौं, सहमति भएन भने प्रक्रियामा जान सहमति हुन्छ।' एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार संवाद समितिको म्याद सकिने भएकाले त्यसैमा फेरि विवादित विषय पठाउन नसकिने धारणा राखे।
उनले सहमति कायम हुन नसके प्रक्रियामा जाने विषयमा बैठकमा छलफल भएको जानकारी दिए। ‘हामी भोलि (बिहीबार) सम्म सहमतिका लागि गम्भीर र अन्तिम प्रयास गर्छौं,' ओलीले पत्रकारसँग भने, ‘त्यसपछि संवाद समितिको अवधि समाप्त हुन्छ। तर, संविधान जारी गर्दाका बखतसम्म संवाद र सहमतिको पनि प्रयास हुन्छ। अब विवादित विषय संवाद समितिमा फर्काएर अलमलिनु हुँदैन। सहमति नभए प्रक्रियामा लैजानुपर्छ। प्रक्रियामा जाँदा पनि शतप्रतिशत सहमति बनोस् भन्ने हाम्रो चाहना हो। तर, सम्भावना कम देखिन्छ।'
ओलीले सकेसम्म कसैको विरोधबिना नै संविधान जारी गर्नेबारे छलफल भइरहेको बताए। ‘सहमति र संवादको बाटोबाट भरसक कसैको विरोध नगरी संविधान जारी गर्ने पक्षमा छौं,' ओलीले भने, ‘त्यसैले हामी अत्यन्त लचिलो पनि छौं। देशको राष्ट्रिय एकता खलबलिने, लोकतन्त्र अस्वीकार गर्ने, जनतामा घृणा द्धेष फैलिने, मानसिक रूपमा विभाजन हुने, आधुनिकीकरण र समृद्धिको चाहनामा नोक्सान हुने विषयमा हामी सहमति गर्न सक्दैनौं। देशलाई हिंसामा लैजाने विषयमा सहमति हुन सक्दैन। यो हाम्रो बटमलाइन हो। यो बटमलाइन कसैका विरुद्धमा होइन।'
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि बिहीबार दिनभरको छलफलमा पनि सहमति कायम हुन नसके प्रक्रियामा कसरी जाने भन्ने विषयमा छलफल हुने बताए। 
संवाद समितिका सभापति भट्टराईले अब संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन नसके प्रक्रियामा सहमति हुने गरी बैठक थाल्नुपर्ने बताए। ‘कि अन्तर्वस्तुमा सहमति हुनुपर्यो,,' भट्टराईले बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग भने, ‘होइन भने प्रक्रियामा सहमति हुनुपर्योय।'
उनले प्रत्येक दलको तर्क एकअर्कालाई कण्ठ भइसकेकाले बिहीबार शीर्ष तहका नेतामात्र बसेर विवादित विषयको टुंगो लगाउनुपर्ने, नभए प्रक्रियामा सहमति गर्नुपर्ने बताए। ‘प्रक्रियामा केन्द्रित भएरै अबको बैठक बस्छ,' भट्टराईले भने, ‘शीर्ष नेताहरूले सहमतिको नयाँ विकल्प भन्दै आउनुभएको छ। त्यसले थप आशा जगाएको छ।'
अर्को समाचार
शान्ति प्रक्रियामा अवरोध आए राजीनामा दिन तयार छु : प्रधानमन्त्री
२७ भदौ २०६८
•
१ मिनेट पाठ
शान्ति प्रक्रियामा अवरोध आए राजीनामा दिन तयार छु : प्रधानमन्त्री
उजिर मगर, काठमाडौँ, भदौ २८- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियामा अवरोध आएको स्थितिमा तुरुन्त पद छाड्न तयार रहेको बताएका छन्। बालुवाटारस्थित सरकारी निवासमा आज बिहान केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीभित्रैबाट समस्या उत्पन्न गरिएको बताए।
हालै घोषणा गरिएको राहत कार्यक्रमबारे अनुगमन भइरहेको जानकारी उनले सो अनौपचारिक पत्रकार सम्मेलनमा दिए। 

प्रधानमन्त्री भट्टराईले हिजो
द्वन्द्वकालमा माओवादीले कब्जा गरेका घरजग्गा तथा सम्पत्ति फिर्ता गर्न आफ्नो पार्टी र राज्यको निकायलाई निर्देशन दिएका थिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस