काठमाडौं-आज वसेको तीन दलको बैठकमा दुई विषयमा सहमति भएको छ। तीन दलले संविधान जारी भएको एक महिनामा राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन गर्ने र सम्पति सम्वन्धि मुद्दालाई मौलिक अधिकारबाट राज्यको निर्देशक शिद्धान्त तर्फ सार्ने सहमति गरेका हुन्।
सहमति भएका विषयलाई आइतबार संविधानसभामा पठाउने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। श्रेष्ठले संविधान जारी गर्ने मिति माघ ८ लाई असर नपर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्नु पर्ने बताए। संविधानका विवादित विषयमा सहमति नुहँदा कार्यतालिका हेरफेर गर्नुको कुनै विकल्प नभएको श्रेष्ठको भनाई थियो। कार्यतालिका हेरफेर बारे पनि बैठकमा छलफल भएको थियो।
निर्धारीत कार्यतालिका अनुसार आज संविधानको मसौदा राजपत्रमा प्रकाशित गर्नु पर्ने थियो।