२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागलुङ कालिका: चैते दसैँ मेलामा दश करोडको कारोबार

यस वर्षको चैते दसैँ मेलामा १० करोडको कारोबार भएको छ। तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैते दसैँ मेलाले बागलुङमा निरन्तरता पाएको छ। कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैते दसैँ मेला बिहीबार सकिएको थियो।

मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादललगायतको स्टल राखिएको थियो। एक सय ५० वटा स्टलमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र खेलौनालगायतका सामग्रीको कारोबार भएको थियो। बागलुङको पर्यटन व्यवसाय समेत मेलाले चलायमान बनाउँदै आएको छ।

बागलुङ कालिका भगवती गुठीद्वारा आयोजित मेलामा स्थानीय र आयातित उत्पादनको खरिद बिक्री भएको थियो। पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको छ।

‘तीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैते दसैँ मेलामालाई संरक्षणसँगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको छ, स्टलमा खरिद गर्नेको भीड लागेको थियो’, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका कुमार अध्यक्ष खड्काले भने ‘मेलालाई नाफा घाटाका रुपमा नलिई चैते दसैँ मेला संरक्षणका काम गर्दै आएका छौँ, मेला सञ्चालनमा लागि कालिका गुठीले व्यवस्थापनमा ५५ लाख खर्च गरेको छ।’

कालिका मन्दिरले प्रत्येक वर्ष १० लाख चैते दसैँ मेला सञ्चालनका लागि दिने गरेको छ। अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिँदै आएको छ।

मेलाका अवसरमा कालिका कप खुला राष्ट्रिय भलिबल प्रतियोगिता, खुला लोकदोहोरी प्रतियोगिता, छेलो, विद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिसरबाट शालग्राम सङ्ग्राहलयसम्म दौडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ।

चैते दसैँ मेलामा नेपालका विभिन्न जिल्ला चितवन, काठमाडौँसहित भारतीय धार्मिक पर्यटकसमेत आएका थिए।

प्रकाशित: ८ वैशाख २०८१ २०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App