नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर समूहको केन्द्रीय समितिले कार्त्तिक २ गते नागरिक न्यूजमा प्रकाशित समाचार ‘जय प्रकाश यादवको हत्यामा माओवादी पार्टीका सदस्यहरूको संलग्नता’ रहेको उल्लेख गरेको सन्दर्भमा एक वक्तव्य जारी गर्दै उक्त घटनामा पार्टीको कुनै भूमिका नभएको जनाएको छ।
पार्टीले यस घटनालाई आफ्नो नीतिगत धारणा र सिद्धान्तसँग असम्बन्धित रहेको बताउँदै खण्डन गरेको हो। पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जय प्रकाश यादवको हत्यामा पार्टीको कुनै निर्देशन, नीति वा संलग्नता छैन। उक्त घटनामा संलग्न भनी उल्लेख गरिएको भूमि भन्ने रमेश श्रेष्ठलाई हाम्रो पार्टीले केही महिना अगाडि नै कारबाही गरी साधारण सदस्यता समेतबाट हटाइसकेको छ।’
पार्टीले कारबाही गरिसकेको व्यक्तिलाई पार्टीको जिल्ला सेक्रेटरीको रुपमा माओवादीसँग जोडेर आएको समाचार प्रति आपत्ति जनाएको हो।
महासचिव महावीरका हस्ताक्षरमा जारी गरिएको उक्त प्रेस विज्ञप्तिमा पार्टीले घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन र मृतकका परिवारलाई न्याय दिलाउन आह्वान गरेको छ। ‘यस घटनामा संलग्न जो कोही भए पनि उनीहरूमाथि कानुनी कारबाही गर्न र मृतकको परिवारलाई न्याय दिलाउन हाम्रो पार्टी जोडदार माग गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
साथै, विज्ञप्तिमा नेपाली जनताको दयनीय अवस्थामा सरकारको असफल र जनविरोधी नीतिप्रति जनतामा अविश्वास र आक्रोश बढेको पनि उल्लेख गरिएको छ। पार्टीले देशभरि व्याप्त दलाल पुँजीवाद, संसदवाद, र घरेलु सामन्तवादसहित भ्रष्टाचार, तस्करी र माफियावाद विरुद्ध एक जुट हुन नेपाली जनतालाई आव्हान गरेको छ।
नेकपा (माओवादी) ले देशव्यापी संगठन सुदृढ अभियानलाई अघि बढाउँदै समाजको पुनर्संरचनाका लागि पार्टीलाई पुनर्गठन गरेको जानकारी दिएको छ। पार्टीले जनताको असन्तोषलाई शासकीय भ्रष्टाचार र अन्यायका विरुद्ध उठाउँदै न्यायसङ्गत र समानतामा आधारित समाज निर्माणको प्रतिबद्धता जनाउँदै आएको छ।
यस्तो थियो कार्त्तिक ९ गते नागरिक न्युजमा ‘चन्दाको रकम हिनामिना गरेको भन्दै नेकपा माहावीरका नेताले गरे सहकर्मीको हत्या’ शीर्षकमा प्रकाशि समाचार :
दाङ। जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो। कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताए। त्यस गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको बताए। कृषि प्राविधिक निर्मला गिरीका अनुसार किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कोसिस भइरहेको छ। यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट पनि धान खरिद गरिसकेको जनाएको छ।
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...