नेपाल नागरिक उड्डयन प्राधिकरणले दिल्ली फर्किन लागेको एयर इण्डियाको जहाजमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।
सोमबार दिउँसो २:४१ बजे अवतरण भएको एआई २१६ उडान नम्बरको विमानमा बम रहेको सूचना पाएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले काठमाडौं विमानस्थलमा गहन सुरक्षा जाँच सञ्चालन गरेको थियो।
वमानमा ५५ नेपालीसहित १५८ यात्रु सवार थिए। दिल्लीस्थित एयर इण्डिया कार्यालयबाट बमको सूचना आएपछि यात्रुहरूलाई जहाजबाट ओरालेर अलग राखी कडा सुरक्षा जाँच गरिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार जाँचका क्रममा कुनै पनि शंकास्पद वस्तु भेटिएन। उनका अनुसार हाल विमानस्थलको अवस्था सामान्य रहेको छ।
‘प्रोटोकलअनुसार सुरक्षा जाँच गर्दा कुनै खतरनाक वस्तु फेला परेन, हाल विमानस्थलको अवस्था सामान्य छ।’ भूलले नागरिक न्यूजलाई जानकारी दिए।
नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले पनि ‘सर्च’ का क्रममा शंकास्पद वस्तु फेला नपरेको जनाए। ‘प्ररम्भिक खोजीमा डिस्पोजल टोलीले कुनै शंकास्पद वस्तु फेला पारेन, ‘सर्च’ जारी राखेका छाैं’ उनले भने।
बमको हल्ला चलेपछि जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई पनि हटाइएको थियो।
गत हप्तामा दिल्लीबाट आएको भिस्तारा एयरवेजको विमानमा समेत बमको हल्ला चलेको थियो, तर त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेन।
पछिल्लो समय भारतीय विमानहरूमा पटकपटक यस्ता झूटा धम्कीहरू आउँदा यात्रुहरूमा त्रास फैलिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, यस्ता धम्कीहरू खालिस्तानी अभियानसँग जोडिएर आएका हुनसक्ने अनुमान गरिएको छ।
यस प्रकारका हल्लाका कारण भारतीय विमान सेवामा पनि तनावको स्थिति सिर्जना हुने गरेको छ।