चाडपर्वलाई लक्षित गरि बजार अनुगमनमा तीव्रता
१८ असोज २०७८
•
४ मिनेट पाठ
चाडपर्वलाई लक्षित गरि बजार अनुगमनमा तीव्रता
नजिकिदैँ गरेको दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन्।




आइतवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन्।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए। उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उनले बताए। स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उनले उल्लेख गरे।

नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको आपूर्ति सहज रुपमा हुने बताए। पेट्रोलियम पद्धार्थको माग अनुरुप आपूर्ति गर्न आयल निगम सक्षम रहेको उनको भनाई छ। गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उनले आग्रह गरे।

महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशिलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताए। उनले आर्थिक अपराध, चोरी, लुटपाट, ठगि लगायतका घटना नियन्त्रणका लागि उपत्यकामा थप ७ हजार ५०० भन्दाबढी प्रहरी परिचालन गरीएको बताए। व्यापारिक केन्द्रलाई प्रहरी निगरानीमा राखिएको उनले बताए। उपत्यकामा १३१ स्थानमा ट्राफिक प्रहरी राखिएको, ३९ ठाउँमा थप मोवाइल गस्ती राखिएको, ८० ठाउँमा पैदल गस्ती राखिएको, २८ ठाउँमा हेल्पडेस्क राखिएको पनि उनले जानकारी दिए। हाल उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको जनाउँदै ढुक्क भएर चाडपर्व मनाउन र कुनै असुविधा भएमा प्रहरीको सेवा लिन प्रवक्ता राठौरले आग्रह गरे।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। विभाग स्रोत अनुगमन र सूचनामा आधारीत अनुगमनमा केन्द्रीत भएको उनले उल्लेख गरे। बजार अनुगमनका लागि हाल विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरीरहेको उहाँले जानकारी दिए।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताए। भीडभाड हुने ११ ठाउँमा हेल्प डेस्क राखिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयले गुनासो सुन्ने अधिकारी तोकेको पनि उनले जानकारी दिए। सिमानाकाको चेकजाँच र ट्राफिक सक्रियता बढाएको उनले बताए। उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबिच समन्वय रहेको पनि उनको भनाई छ।

ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वमा सडक दुर्घटना हुने सन्दर्भलाई ख्याल गर्दै बाटोमा हुने खाल्डाखुल्डी पुर्न सहजीकरण गर्नका लागि बैठकहरु बसिरहेको बताए। बजार अनुगमनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहेको पनि उहाँको भनाई छ। खाद्यान्न, लत्ता कपडा, मासुजन्य पद्धार्थमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको पनि उनले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले विभागले दाल, चामल, मरमसला, तेल, दुग्ध पद्धार्थलाई केन्द्रीत गरेर बजार अनुगमन गरिरहेको बताए। बिदाको दिनमा पनि निरन्तर अनुगमन र जाँचमा मातहतका निकायलाई परिचालित गरिरहेको उनले बताए।

ललितपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रशासनले एकीकृत सुरक्षा रणनीति अन्र्तगत काम गरिरहेको बताए।  १८ वटा गाडी, २० वटा मोटरसाइकलमा नियमित रुपमा गस्ती अनुगमन गरिरहेको उनले उल्लेख गरे। बैंक तथा वित्तिय संस्थामा अनुगमन तिव्र पारिएको उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा पठाएको र मन्त्रालय मातहतबाट काम भइरहेको बताए। उनले तिनै तहको सरकारले अनुगमनको काम गर्नुपर्नेमा जोड दिए। बजारलाई अनुशासित बनाउनका लागि प्रविधिको प्रयोग गरेर अनुगमनलाई जोड दिन सम्बन्धित निकायलाई उनले आग्रह गरे। उनले व्यवसायीलाई उपभोक्तालाई नठग्न पनि आग्रह गरे। सचिव राउतले कानूनले वर्जित गरेका कुराहरु बेचविखन नगर्न समयमै व्यापारी, व्यवसायीहरुलाई सचेत गराउन पनि सम्बन्धित निकायलाई आग्रह गरे।
अर्को समाचार
राप्तीमा धान खरिद सुरु
२ मिनेट अघि
•
१ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
दाङ। जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ।




उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो।

कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताए। त्यस गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको बताए।
कृषि प्राविधिक निर्मला गिरीका अनुसार किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कोसिस भइरहेको छ।

यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट पनि धान खरिद गरिसकेको जनाएको छ। -रासस
राप्तीमा धान खरिद सुरु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ।
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस