थप २२ मेगावाट बिजुली भारत निर्यात हुने
१७ कार्तिक २०७९
•
२ मिनेट पाठ
थप २२ मेगावाट बिजुली भारत निर्यात हुने
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए। 




भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो।

प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो।  

त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव पाँच  मेगावाटको सोलूखोला,  २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आएका थिए।

चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए। गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो। त्यसपछिको विवरण पनि आउने क्रममा छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ।

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ गतेदेखि विभिन्न छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको थियो। आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ।
अर्को समाचार
बर्खामा थप ३२५ मेगावाट बिजुली किन्न भारत सहमत
२४ चैत्र २०७८
•
४ मिनेट पाठ
बर्खामा थप ३२५ मेगावाट बिजुली किन्न भारत सहमत
प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलगत्तै भारत सरकारले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारत सरकारले दिएको स्वीकृतिअनुसार नेपालले थप ३२५ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न पाउनेछ। यसअघि नेपालले ३९ मेगावाट बिजुली भारत निर्यात गर्न अनुमति पाएको थियो।




ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत सरकारले दिएको स्वीकृतिसँगै नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित थप ३२५ मेगावाट बिजुली निर्यात गर्न ढोका खुलेको बताइन्। ‘हामीले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी मूल्यमा थप ३२५ मेगावाट बिजुली निर्यात गर्ने ढोका खुलेको छ,’ मन्त्री भुसालले मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘यसलाई नेपालमा उत्पादित बिजुली भारतमा बेच्ने शुभसंकेतको रुपमा लिनु्पर्ने हुन्छ।’

थपसमेत गरी अब भारतीय विद्युत् बजारमा नेपालले ३६४ मेगावाट बिजुली निर्यात गर्ने वातावरण बनेको छ। नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो।

मन्त्री भुसालले सरकारले नेपालमा उत्पादित बिजुली भारत निर्यातका लागि पहल गर्दै आएको बताइन्। ‘यो भारतीय ऊर्जा बजारमा बिजुली निर्यातको सुरुवातमात्रै हो, अन्य जलविद्यु्त् आयोजनाबाट उत्पादन भएको बिजुली पनि भारत निर्यातका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘नेपालमा बर्खायाममा खपत हुन नसकेको बिजुलीमात्रै भारत निर्यात गरिनेछ।’

नेपालका नदीनालाको सतह बढेसँगै वर्षायाममा बिजुली उत्पादन बढी अर्थात् सरप्लस हुने गर्छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चारवटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने ३२५ मेगावाट थप बिजुली वर्षायाममा भारत निर्यात गर्न बाटो खुलेको बताए। प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ।

यी चारवटै आयोजनाबाट तीन सय ३५ मेगावाट बिजुली उत्पादन हुने भए पनि अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात तथा आयात गर्दा केही प्रतिशत चुहावट हुन्छ। चुहावट हुने मात्रा कटाएर ३२५ मेगावाट बिजुली भारत निर्यात गरिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले वर्षायाममा अब भारतमा ३ सय ६४ मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात गर्ने बताए। ‘यो अन्तरदेशीय प्रसारण लाइनले कम्तीमा पनि १ हजारदेखि १२ सय मेगावाट बिजुली आयात–निर्यात गर्ने क्षमता राख्छ,’ उनले भने। माघ पहिलो साता नेपाल र भारतबीच ६०० मेगावाट बिजुली आयात–निर्यात गर्ने सहमति भएको थियो।

त्यसअघि यो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाट बिजुलीमात्रै निर्यात गर्न पाइन्थ्यो। अहिले प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट उत्पादित २१ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। प्राधिकरणका अनुसार वर्षाको समयमा नेपालमा अधिकतम बिजुलीको माग १९ सय मेगावाटभन्दा धेरै नहुने र चालु आवको अन्त्यसम्म थप दुई सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिमा टेकेर नै बिजुली निर्यात गर्न लागिएको बताए। भारतले १८ फेबुअरी २०१८ मा कार्यविधि जारी गरेको थियो। कार्यविधिमा भारतले ऊर्जा व्यापार सम्झौता गरेका राष्ट्रहरूबाट भारतीय कम्पनीले विद्युत् आयात र निर्यात गर्न सक्ने उल्लेख छ। भारतबाहेक तेस्रो मुलुकको लगानीमा निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली खरिद गर्न सो निर्देशिकाले रोक्छ।  

‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने वातावरण बनेको छ,’ सचिव कार्कीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य उपलब्धिको रुपमा पनि यसलाई लिन सकिन्छ।’ योसँगै प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको सहमतिबमोजिम जारी ‘भारत नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कर्पोरेसन’ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

विद्युत् आयातको अवस्था

नेपा विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँबराबरको बिजुली भारतबाट आयात गरेको थियो। प्राधिकरणले आव २०७७/७८ मा २१ अर्ब ३९ करोड ४४ लाख ८५ हजार रुपैयाँको बिजुली आयात गरेको थियो। प्राधिकरणले चालु आवमा १२ अर्ब ४० करोड रुपैयाँबराबरको बिजुली आयात हुने प्रक्षेपण गरेको थियो।

तर पछिल्लो समय भारतको विद्युत् नियमन आयोगले प्रतियुनिट बिजुलीबापत भारु १२ रुपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्था गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालु आवको ९ महिनाको अवधिसम्म प्राधिकरणले आठ अर्ब रुपैयाँबराबरको बिजुली आयात गरेको बताए। ‘चालु आवको अन्त्यसम्म प्राधिकरणले करिब १० अर्बभन्दा धेरै बिजुली आयात गर्नुपर्ने प्रक्षेपण गरेको छ,’ उनले भने। प्राधिकरणले जुनदेखि नेपालमा उत्पादन भएको बिजुली भारत निर्यात गर्न थाल्नेछ।
राप्तीमा धान खरिद सुरु
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
यो पनि पढौँ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस