सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
१९ कार्तिक २०७९
•
३ मिनेट पाठ
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ। पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ।  




यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ। स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रुपमा यहाँका बासिन्दाले यो स्थललाई लिने गरेका छन्। विशेष गरी हरिबोधनी एकादशी पर्वका अवसरमा लाग्ने केलादीघाटको मेलाले कालीगण्डकी बेँसीको रहनसहन, संस्कार संस्कृति, सामाजिक भावनाको विकासलाई एकताबद्ध बनाएको छ। यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ।

धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आए। केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले  यस पटकको मेलमा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताए।

‘केलादी मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ’, उनले भने।

यहाँ लाग्ने मेला हेर्ने र स्थानीय उत्पादनको  व्यापार गर्न यसपटक केलादीमा आएको तनहुँ जिल्ला भिमाद बस्ने खुमबहादुर थापाले बताए। एकादशीका बेला यसभन्दा अघिल्ला वर्षमा उनी चितवनलगायत अन्य स्थानमा सुन्तलाको व्यापार गर्न जान्थे। सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध विस्तार हुने जानकारी पाएपछि अन्यत्रको मेला छाडेर यस पटक व्यापार पनि हुने र मेला पनि भर्ने उद्देश्यले यहाँ  आएको उनले बताए।

‘अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन’, उनले भने, ‘भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, मेलामा दश क्विण्टल सुन्तलाको व्यापार पनि भयो’। केलादी मेलामा विशेष गरी सुन्तला, सखरखण्ड, केरा, तरुल, बाँसजन्य सामग्रीको राम्रो व्यापार हुन्छ। यी सामान खरिद गर्नकै लागि पनि टाढाबाट मानिसहरु मेलामा आउने गर्दछन्। बाँसबाट बन्ने आकर्षक सामान खरिद गर्नेको ठूलो सहभागिता हुन्छ। पछिल्ला वर्षमा भने यहाँको मेलामा माटोबाट तयार पारिएको सामग्री भने देखिएन। उत्पादन नभएपछि माटोबाट बनेका सामग्री मेलामा पाउनै छाडिएको हो।

स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने तिलबहादुर थापाले बर्सेनि यहाँको मेलामा सुन्तलाको व्यापार गर्दै आउनुभएको छ। मेलाको मुख्य आकर्षणमा सुन्तला  पनि परेकाले घरमा उत्पादन भएका सुन्तला बिक्रीका लागि उनी यहाँ आउने गरेका हुन्। मेलाले स्थानीयस्तरका उत्पादन व्यापार गर्ने राम्रो अवसर मिलेको थापाले बताए।  

यस वर्षको एकादशीको अवसरमा लागेको मेला करिब पाँच हजारभन्दा बढीले अवलोकन गरेको अनुमान गरिएको छ। पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन मेला अवलोकन गर्न भित्रिएका थिए। पछिल्लो समय सडक सुविधा विस्तार, केलादीघाटमा पक्की पुल भएसँगै मेला हेर्न जाने बढ्दै गएका हुन्।

केलादीघाट ऐतिहासिक र पौराणिकघाट हो। लामो समयदेखि हरिबोधनी एकादशीका दिन यहाँ तोरण तार्ने गरिँदै आइएको छ। पहिला भक्तजन स्नान गर्न मात्रै आउथे भने अहिले मनोरञ्जन, संस्कृतिको संरक्षण र चाडबाडलाई बढी महत्व दिएर आउनेको सङ्ख्या बढ्न थालेको स्थानीयवासी घनश्याम खनालले बताए।

नेपाली धर्म, अध्यात्म, वैदिक सनातन र  सभ्यतामा  जोडिएका जति पनि सांस्कृतिक पर्व छन् तिनमा धार्मिक र आध्यात्मिक महिमा पनि उत्तिकै छ। विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले शालिग्राम जननी माताका रुपमा लिइने यस नदीमा तोरण तारेमा जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएकासबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि एकादशी मेलामा कालीगण्डकी नदीमा तोरण तार्ने गरिन्छ।

यो पर्वमा विभिन्न ठाउँबाट भक्तजन मेलामा आउँदा पारिवारिकरुपमा सम्बन्ध कायम भएका आफन्तजनसँग भेटघाट हुने, विचार आदानप्रदान हुने, सन्चो बिसन्चो खबर, सूचना सन्देश प्रवाह गर्न राम्रो माध्यम बनेको अर्का स्थानीयवासी लेखनाथ बस्ताकोटीले बताउनुभयो। आफूले उत्पादन गरेका उपज यहाँ बिक्री गर्न पाइने र  यहाँ उपलब्ध नहुने वस्तु खरिद गर्ने मेलाका रुपमा पनि केलादी मेला प्रसिद्ध छ।
अर्को समाचार
राप्तीमा धान खरिद सुरु
२१ मिनेट अघि
•
१ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
दाङ। जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो।
कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताए। त्यस गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको बताए।
कृषि प्राविधिक निर्मला गिरीका अनुसार किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कोसिस भइरहेको छ।
यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट पनि धान खरिद गरिसकेको जनाएको छ। 


नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस