रहिम र एमबाप्पेका ह्याट्रिक
०७ कार्तिक २०७६
•
७ मिनेट पाठ
रहिम र एमबाप्पेका ह्याट्रिक
पेरिस (एएफपी) – म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ र  पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एमबाप्पे दुवैले च्याम्पियन्स लिगमा मंगलबार ह्याट्रिक पूरा गर्दै आआफ्नो टोलीलाई जित दिलाएको दिन टोटेनह्यामले पनि फराकिलो जित निकालेको छ।




समूह ‘सी’ मा रहेको म्यानचेसटर सिटीले एट्लान्टामाथि ५–१ को फराकिलो जित निकाल्दा समूह ‘ए’ को पिएसजीले क्लब ब्रुगिसलाई र टोटेनह्यामले  रेड स्टार बेलग्रेडलाई समान ५–० को फराकिलो अन्तरले पराजित गरेका हुन्। लिगअन्तर्गत मंगलबार भएका अन्य खेलमा युभेन्ट्स, रियाल मड्रिड र बायर्न म्युनिखले जित निकाल्न संघर्ष गर्नुप¥यो। मंगलबार भएका सबै खेलमा एकै दिन ३० गोल पूरा भए।

फराकिलो जित निकाल्ने क्रममा स्टर्लिङले ११ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरेका हुन्। भ्रमणकारी टोलीले २८औं मिनेटमा  पेनाल्टीबाट सुरुआती अग्रता दिलाए पनि अग्रतालाई कायम राख्न नसक्दा फराकिलो अन्तरले पराजित हुन पुगेको हो। ३४औं मिनेटमा सर्जियो अग्विरोले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता बराबरी ल्याएसँग लयमा फर्किएको सिटीले ३८औं मिनेटमा पेनाल्टीबाट अग्रता उल्टाउन सफल भएको थियो। पहिलो हाफमा अग्रता उल्टाउँदै लयमा फर्किएको संकेत देखाएको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

दोस्रो हाफमा भने स्टर्लिङ चम्किए। उनले ५८औं, ६४औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा घरेलु टोली सिटीले ५–१ को फराकिलो अन्तर बनाएको हो। त्यसपछि बाँकी समयमा एट्लान्टाले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। ८२औं मिनेटमा फोडिन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि सिटीले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो। समूह ‘सी’ को खेलमा सिटी शतप्रतिशत नतिजासहित ९ अंक जोड्न सफल रह्यो। एटलान्टा अंकविहीन हुँदै तालिकाको पुछारमा रह्यो।

‘म चार गोलका लागि हकदार थिएँ। रियाद महारेजलाई उपलब्ध गराएको पासलाई मैले नै सदुपयोग गर्नुपर्ने  थियो,’ ह्याट्रिक पूरा गरेका स्टर्लिङले भने।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा एमबाप्पे चम्किदाँ पिएसजीले बेल्जियमको क्लब बु्रगिसलाई ५–० गोल अन्तरले हरायो। वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान छिरेका एमबाप्पेले ६१औं, ७९औ र ८३औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्दै फराकिलो जित निकाल्न सफल भएका हुन्।  बाँकी दुई गोल इकार्डीले गरेका थिए। एमबाप्पे २० वर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन्।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै खेलको साताैं मिनेटमा इकार्डीले पिएसजीको खाता खोलेका थिए। पहिलो हाफमा एक गोल मात्र गरेको पिएसजीले दोस्रो गोल गर्न दोस्रो हाफ कुर्नुप-यो। ६१औं मिनेटमा पिएसजीका लागि एमबाप्पेले दोस्रो गोल गरे। त्यसको दुई मिनेटपछि इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको अग्रता ३–० मा पु-याएका थिए। डी मारियाको क्रसलाई सदुपयोग गर्दै ७९आ मिनेटमा एमबाप्पेले पिएसजीलाई ४–० को अग्रता दिलाउँदा ८३औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै फराकिलो जित निश्चित गरेका थिए।

समूह ‘ए’ को खेलमा जितसहित पिएसजीले नकआउट चरणका लागि स्थान बलियो बनाएको छ। समूहको शीर्ष स्थानको पिएसजीले ९ अंक जोडेको छ। क्लब ब्रुगिस २ अंकसहित तेस्रो स्थानमा छ।

सोही समूहमा रहेको रियाल मड्रिडले भने गालातासारेमाथि १–० को संघर्षपूर्ण जित निकाल्न सफल भयो। घरेलु टोलीविरुद्ध जित निकाल्न टोनी क्रसले १८औं मिनेटमा  गरेको गोल निर्णायक बनेको थियो।

च्याम्पियन्स लिग फुटबलमा टोटेनह्यामले फराकिलो जित निकाल्दा सन ह्युङ मिन र ह्यारी केनले समान दुई तथा इरिक लामिलाले एक गोल गरे। च्याम्पियन्स लिगको अघिल्लो खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ७–२ को फराकिलो अन्तरले पराजित भएको टोटेनह्यामलाई मंगलबारको जितले राहत मिलेको छ। समूह ‘बी’ को खेलमा टोटेनह्यामले ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको रेड स्टारको ३ अंक छ।  टोटेनह्यामले आइतबार प्रिमियर लिगमा लिग लिडर लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ।

सोही समूहमा बायर्न म्युनिखले ओलम्पियाकोसमाथि ३–२ को जित निकाल्दा समूह ‘डी’ बाट एट्लेटिको मड्रिडले बायर लेभरकुसेनलाई १–० ले हराउँदै महत्वपूर्ण तीन अंक खोस्न सफल भएको छ। युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ हराउँदै शीर्षता कायम राखेको छ। युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ। एट्लेटिको मड्रिड समान अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। पराजित रसियन मस्को क्लब ३ अंकसहित तेस्रो स्थानमा छ।

च्याम्पियन्स लिगको अघिल्लो खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ७–२ को फराकिलो अन्तरले पराजित भएको टोटेनह्यामलाई मंगलबारको जितले राहत मिलेको छ।
अर्को समाचार
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
१ घण्टा अघि
•
० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
काठमाडौं। भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।




क्राइस्टचर्चमा जारी खेलमा पहिलो इनिङ्सका आधारमा न्युजिल्यान्डले ११० रनको अग्रता लिएको छ।

भारतका लागि ध्रुव जुरेलले सर्वाधिक ८८ रन बनाए। उनीबाहेक भारतका अन्य ब्याट्सम्यानले क्रिजमा टिकेर खेल्न सकेनन्।

पहिलो इनिङ्समा न्युजिल्यान्डले ३५६ रन बनाएको थियो। न्युजिल्यान्डका लागि टम ब्लन्डेलले सर्वाधिक ८९ रन बनाएका थिए भने कप्तान टम लाथमले ५९ रनको योगदान दिएका थिए।

समाचार तयार पार्दासम्म दोस्रो इनिङ्समा ब्याटिङ गरिरहेको न्युजिल्यान्डले २ विकेटको क्षतिमा ६३ रन बनाएको छ। यससँगै उसको समग्र अग्रता १७३ रन पुगेको छ। न्युजिल्यान्डका दुवै विकेट भारतीय बलर जसप्रित बुमराहले लिएका हुन्।

यसअघि भारत र न्युजिल्यान्डबीच वेलिङ्टनमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
राप्तीमा धान खरिद सुरु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ।
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
यो पनि पढौँ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस