१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

टाइटैनिकमा प्रयोग भएको ढोका १० करोडमा बिक्यो

चलचित्र जगतका लागि अविस्मरणीय मानिएको टाइटैनिक चलचित्रमा प्रयोग भएको ढोका झन्डै १० करोडमा बिक्री भएको छ।

लभ स्टोरीमा आधारित चलचित्र टाइटैनिकमा ज्याकको अभिनय गरेका अभिनेता लियोनार्डो डिकप्रियोले अभिनेत्री केट विन्सलेटलाई समुद्रमा बचाउनका लागि प्रयोग गरेको ढोका १० करोडमा बिक्री भएको हो।

१९९७ मा बनेको टाइटैनिक जहाज संसारकै सबैभन्दा ठूलो जहाज थियो। उक्त जहाज समुद्रमा डुब्दै गर्दा त्यसमा सवार दुई प्रेमी पनि डुब्दै थिए। ज्याकले आफ्नो प्रेमिका रोजलाई बचाउनका लागि प्रयास गर्दै गर्दा काठको एउटा ढोका तैरिँदै उनीसमक्ष आइपुग्छ र रोजलाई बचाउन मद्दत पुग्छ।

चलचित्रको उक्त काठको ढोका झन्डै १० करोडमा लिलाम भएको छ। टाइटैनिक चलचित्रका एकजना फ्यानले उक्त ढोका खरिद गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८० ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App