२४ वैशाख २०८१ सोमबार
image/svg+xml
Kumar Thapa
कुमार थापा


कुमार थापाका लेखहरु :

किसानको क्रन्दन नसुन्ने सरकार

अन्न उत्पादन गर्ने किसानहरू फागुन ८ गतेदेखि धर्नामा छन्। जिल्ला प्रशासन कार्यालय दाङसामु सात सयभन्दा बढी पीडित किसानहरू चिसो भुइँमा सुत्न बाध्य छन्।

घुँघटबाट चियाउँदै लोकतन्त्र

खान र लगाउन समस्या भई बीचैमा पढाइ छाड्नुपर्ने बालबालिकाको भविष्य देखेन। र, देखेन रातोदिन जमिन खोस्रदा पनि भोको पेट बाँच्नुपर्ने बाध्यता।

खुलै राखौं खुलामञ्च

राजनीतिक परिवर्तनसँगै विकास निर्माणको क्रम बढ्दै गयो। र, सँगै विनास पनि बढ्दै गयो। सडकलगायत विभिन्न संरचना निर्माणले धेरै प्राकृतिक स्रोत मासिए।

सरकार, तिमी माफिया भयौं !

राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा।

माटो नै जीवन

राज्य करोडौँ खर्चेर बिकासे बीउ खरिद गर्न तत्पर छ तर गाउँका अनुभवी किसानहरूलाई स्थानीय बीउ उत्पादन गर,हामी किन्छौँ भन्दैन। किसानले जोगाएको बीउको अनुदान पनि पाउँदैनन्।

भूकम्पले सिकाएको पाठ

विपद् पूर्वतयारीमा ध्यान पुगेको भए प्रधानमन्त्रीसँंगै राहत सामग्री पुग्नुपथ्र्याे। स्वयम्सेवकहरू परिचालन गरेर अस्थायी आवास बनाउन सकिएको भए पीडितलाई थोरै भए पनि राहत मिल्थ्यो।

गाउँलेपन हराएको दसैँ

रेडियो मेलम्चीमा शिशिर योगीको ‘जोत्ने कोही छैन, बारी जोत्ने कोही छैन, चुलो चम्को मझेरी लौ, पोत्ने कोही छैन’ बोलको गीत घन्किरहेको थियो।

जबर्जस्ती उठिबास: संविधानकोे उल्लंघन

नेपालको सन्दर्भमा आवासका लागि भूमिको अधिकारलाई अलग्याउन सकिँदैन। संविधान, भूमिसम्बन्धी ऐन, आवास ऐन आदिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने स्पष्ट व्यवस्था गरेको छ।

संघर्षदेखि नहारेका बलदेव

इतिहास भनेको केही महत्वपूर्ण व्यक्तिहरूको जीवनीहो । त्यस्तै इतिहास बोकेका व्यक्ति हुन्, बलदेव राम । बलदेव राम अहिले हामीसामु छैनन् । तर उनका विचार, सङ्घर्ष र योगदान भने जीवितै छन् । जसले सामाजिक आन्दोलनप्रति ऊर्जा थपेको छ ।

कोरोना, किसान र खाद्य सुरक्षा

नेपाल लगायत विश्वका २ सय १२ देश कोभिड–१९ को संक्रमणमा छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै विभिन्न प्रभावित देशभाइरसलाई थप फैलन नदिन लकडाउनमा छन्।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

आमाको गलैँचा उद्योग

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी दावा तामाङ बिहानै उठेर गलैँचाको धागो तान्दै थिइन्। नुन–चियाको चुस्की लगाउँदै झरीमा बाहिरका कामबाट भन्दा गलैँचाबाट फाइदा भएकाले उनको दिनचर्या यही काममा बित्ने गरेको हो। आम्दानी राम्रै छ। दुई महिनामा एकजोर गलैँचा बुन्छिन्। एक जोरको सबै खर्च कटाएर २० हजार रुपैयाँ आउँछ।

आशा सुरक्षित घरको

सुरक्षित घर बनाउन पाइन्छ कि भन्ने आशासहित गुनासो बोकेर मेलम्ची नपा–९ ज्यामिरेका चक्रबहादुर भुजेल मेलम्ची बजार ओर्लिए।पुनर्निर्माण प्राधिकरणका प्रमुखसामु सोधे–‘छिमेकीको घर बन्यो मेरो कहिले बन्छ ?’ यस्तो प्रश्नउनमा मात्र सीमित छैन। उनी जस्तै सिन्धुपाल्चोकका कैयौँ सुकुमबासी र बिस्थापितले प्रमुखसामु ताली बजाएर भुजेलको प्रश्नप्रति ऐक्यबद्धता जनाए।हो पनि, सिन्धुपाल्चोकबाट मात्रै २ सय ३३ सुकुमबासी परिवारले सुरक्षित घर बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन पेश गरे पनि घरचाहिँ बन्न सकेको छैन।

स्थानीय तहमा भू–उपयोग योजना

समृद्धिका कुरा र संकल्पले मात्र आर्थिक समानता र दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन। त्यसका लागि सबैले सोच्नुपर्ने बेला आएको छ। सुरक्षित घर बनाउने बहानामा खेतीयोग्य फाँटको बीचमा घरहरू बनेका छन्। एउटा परिवारमात्र हैन, पूरै टोल नै फाँटमा सरेको छ। भूकम्पपश्चात गाउँबाट खेतीगर्ने फाँटमा झर्नेको संख्या झन् बढेको छ। गाउँबाट सहर पस्नेको संख्या पनि त्यत्तिकै छ। खेतीयोग्य जमिनमा घर र पाखो बारी बाँझो राखेर भारतबाट आएका खाद्य वस्तु भान्सामा भित्र्याउने क्रम बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्