१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

मृतक रिना

विजय थापा

वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

धरौटीमा छुट्नका लागि उनले दिएको निवेदन स्थानीय अदालतले अस्वीकार गरेकाले उनी थुनामै रहेर कानुनी छिनोफानो गर्नेछन्। उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको छ।

हानभोर काउन्टी प्रहरीका अनुसार बस्नेघर नजिकै बारीमा उनको शव फेला परेको थियो। हत्या अभियोगमा प्रहरीले रिनाका ३३ वर्षीय पति हर्षदकुमार जादबलाई पक्राउ गरेको छ। भारतीय मूलका उनी कम्प्युटर प्रोग्रामर हुन्।

रिनाको विवाह भएको ४ बर्ष भएको थियो। उनीहरुबाट सन्तान भएका थिएनन्।

हत्या भएको राति ११ बजेतिर छिमेकीले महिला चिच्याएको आवाज सुनेका थिए। त्यसको भोलिपल्ट बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव प्रहरीले फेला परेको थियो। अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका खुला पाइएको थियो।

मृतक रिना र उनका पति हर्षदकुमार अर्कार्ड मिडो सडक को १० हजार १ सय घरमा बस्दै आएका थिए।

प्रहरीले हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो। घरमा प्रहरीले खानतलासी गर्दा १० हजार नगद अमेरिकी डलर तथा राहदानी फेला परेको थियो। हत्या आरोपी हर्षद भाग्ने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

प्रहरी नियन्त्रणमा रहेका उनले कानुनी परामर्शका लागि पैसा झिकेको उल्लेख गरेका छन्। धरौटीमा छुट्नका लागि उनले दिएको निवेदन स्थानीय अदालतले अस्वीकार गरेकाले उनी थुनामै रहेर कानुनी छिनोफानो गर्नेछन्। उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको छ।

रिनाका दाजु गौरव श्रेष्ठले न्याय पाउने कुरामा आफू आशावादी भएको बताए। उनी प्रतिभाशाली कलाकार समेत थिइन्। चित्रकलामा रमाउने उनी बाँसुरी बजाउन पोख्त थिइन्।

सेप्टेम्बर ५ मा हत्या गरिएकी रिनाको १० मा अन्त्येष्टि गरिएको थियो। प्रहरीले पति हर्षदलाई १२ सेप्टेम्बरमा पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: २२ पुस २०७३ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App