१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई वर्षे बालकको अपहरणपछि हत्या

सिरहा- सिरहाको नरहा गाउँपालिका–३ खोरियाबाट अपहरित दुई वर्षे बालक रमन यादवको शव हत्या गरि गाडिएको अवस्थामा शुक्रबार फेला परेको छ। रमन बुधबार घरबाटै अपरिचित समूहको अपहरणमा परेका थिए।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक(डिएसपि) गजुशिद्धि बज्राचार्यका अनुसार खोज्दैजाँदा शुक्रवार राती रमनको शव उनको घरनजिकैको बारिमा खाल्डो खनेर गाडिएको अस्थामा फेला परेको हो। उनको घाँटी धारिलो हतियारले छिनाइएको देखिएको उनले बताए। छोराको हत्याको खबरले पीता भरोसी र आमा निरा शोकमा डुबेका छन्।

बालकको हत्यामा संलग्न शंकामा प्रहरीले एकजानालाई पक्राउ गरी केरकार सोधपुछ गरेको छ। भरोसीसँग ब्याक्तिगत रिसिईबीका कारण उनको छोरा अपहरण गरि हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । बज्राचार्यले भने,‘दिउँसोसम्म हत्याको कारण सहित संलग्नलाई सार्वजनिक गर्छौँ।’

 

 

प्रकाशित: १६ वैशाख २०७४ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App