१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कस्तो पुरुष सुन्दर ?

मलिना जोशी, अभिनेत्री
सुन्दर अनुहार भन्दा पनि मलाई दाह्रीजुँगा पालेको पुरुष मनपर्छ । हेर्दा सफा र राम्रो देखिने होस् । पुरुषले धेरै गहना लगाएको पनि त्यति मन पर्दैन । र, कानमा टप लगाएको पनि मनपर्दैन । घाँटीमा सिक्री लगाएको पनि त्यति सुहाएको जस्तो लाग्दैन । तर देब्रे हातमा घडी लगाएको चाँहि मनपर्छ । मेरो विचारमा केटालाई त सिम्पल खालको टिसर्ट र प्यान्ट नै सुहाउँछ जस्तो लाग्छ । फर्मल ड्रेसमा घडी लगाएको पुरुष ‘जेन्टल म्यान’ जस्तै लाग्छ । यस्तै पहिरनमा हेन्डसम पनि देखिन्छन् । अझ त्यसमाथि छोटो कपाल भएको त झनै राम्रो लाग्छ । कलर गरेको भन्दा पनि नेचुरल नै होस् । हाइटमा आफूभन्दा त अग्लो नै होस् भन्ने चाहन्छु । उसको पर्सनालिटी बलियो हुनपर्छ । त्यस्तै आँखा ठूलो, सानो वा चिम्सो भन्दा पनि अनुहार अनुसारको कम्विनेसन भए पुग्छ । मलाई मोटो पातलो भन्दा पनि ठिक्क ज्यान भएको नै ठिक लाग्छ । अग्लो अनि गहुँगोरो वर्ण भएको पुरुषलाई सुन्दर ठान्छु । आँखीभौं पनि बाक्लै होस् । मुख्य कुरा उसको स्टाइल नै पुरुष पाराको हुनुपर्छ । 

प्रकाशित: १ श्रावण २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App