१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भ्यानको ठक्करबाट बालकको मृत्यु

तनहुँ सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको वा११ च ९६८२ नं सिङ्गल क्याप भ्यानले तनहुँको बन्दिपुर नगरपालिका६ विमलनगरस्थित पृथ्वीराजमार्गमा ठक्कँर दिँदा सो दुर्घटना भएको हो।

उक्त भ्यानमा सवार सिन्धुपाल्चोक जिल्ला चौतारा गाविस६ बस्ने वर्ष ४२ का केदार शर्मा घाइते भएकोले डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त भ्यानको ठक्करबाट सख्त घाइते भएका बालक चेपाङको उपचारको लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। उक्त भ्यान र चालक इलाका प्रहरी कार्यालय डुम्रेको नियन्त्रणमा रहेको बताइएको छ। रासस

प्रकाशित: २२ श्रावण २०७३ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App