१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाभियोगका विषयमा सबै दलको सहमति खोज्ने माओवादी निर्णय

काठमाडौं–सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोगका विषयमा कांग्रेसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले संसदमा दर्ता महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको नेता मणि थापाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले बैठकले अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव लगाउने उचित भएको निष्कर्ष निकाल्दै त्यसकालागि सत्ता साझेदार कांग्रेससँग छलफल गरी महाअभियोगमार्फत कार्कीलाई हटाउनुपर्ने नेताहरुले बताएका थिए। ‘अख्तियार प्रमुखलाई हटाउनै पर्ने भएको थियो भन्ने सबै नेताहरुको भनाइ रह्यो,’ थापाले भने,‘त्यसकालागि सबै दलसँग सहकार्य र  सहमति गरी अगाडि बढ्ने निर्णय भएको छ।’

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले बिहीबार विहानै कांग्रेस सभापति शेरबहादुर देउवासँग महाभियोगका विषयमा छलफल गरेका थिए। महाभियोगका विषयमा कांग्रेसले हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। आजैबाट सुरु हुने कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सो विषयमा छलफल हुने बताइएको छ।

 

प्रकाशित: ४ कार्तिक २०७३ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App