१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

आजको मौसम सामान्यतया सफा रहने

आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ। जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

प्रकाशित: ६ कार्तिक २०८० ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App