१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ।

दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदी जानकारी दिए।

बिहीबार राती बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। बजगाईं बाग भैरव माविका शिक्षक हुन् ।

मोटरसाइकल बजगाईंले नै चलाएका थिए। उनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।  

प्रकाशित: १६ चैत्र २०८० १५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App