१७ वैशाख २०८१ सोमबार
image/svg+xml
भिडियो

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

पेशाले चिकित्सक भए पनि सिद्धहस्त लेखकसमेत हुन् उनी। उनको नवीनतम कृति  ‘जीवन्त सम्बन्ध’ भर्खरै सार्वजनिक भएको छ। उनको यसअघि नै प्रकाशित कृति हो– म पनि डाक्टर।

उनले  ‘जीवन्त सम्बन्ध’ मार्फत आफ्ना पिता स्व. तेजनारायण सिंहसँगका आत्मीय, सुकोमल र भावुक प्रसङ्गलाई उल्लेख गरेका छन्।

पुस्तकका बारेमा वरिष्ठ कलाकार हरिवंश आचार्यले लेखेका यी पङ्क्ति आफैँमा यसलाई न्याय गर्न सफल छन्। उनले भनेका छन्, ‘जीवन्त सम्बन्ध पढ्दा कहिले म भावुक भएँ, कहिले सम्बन्धका आयाम केलाएँ, कहिले अश्रुपुरित भए, कहिले आफ्नो अतीतमा पुगेँ।’

उनै डा. अनिलसँग नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले उनको नवीनतम कृतिको सेरोफेरोमा रही गरेको संवाद।

प्रकाशित: ५ आश्विन २०८० १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App