एक सय साेह्राैं देवकोटा जयन्तीमा गुञ्जिए कविता
१६ कार्तिक २०८१
•
३ मिनेट पाठ
एक सय साेह्राैं देवकोटा जयन्तीमा गुञ्जिए कविता
‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले




डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले।।।’

कवि रामचन्द्र शर्मा एक सय साेह्राैं देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत भए। बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उनीसहित दर्जनजति कविका कविता गुञ्जिए। शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्‍याे।

कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गरे। छन्दोबद्ध शैलीमा उनले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे। हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णागण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गरे।

‘बग्छिन्, चेली हिमाली यी

नाम काली पुकारियो

खेग्दै गिरि शिलासाथ

हिँड्ने बानी छँदै थियो

दरौँदी र त्रिशुलीका प्रवाह

यिनका सखी

कल्याणी हुन् यी सबैकी

सुन्दरी कृष्णागण्डकी।।।”

कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्‍याे। कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमास बिचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कटलाई कवितामार्फत अभिव्यक्त गरे। ‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उनले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याए। कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गरे।

‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति

नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति

हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला

झुल्को किरणको पर्यो हिमालमा मोती भए पहेँला।।।’

आचार्यका कविताका हरफ हुन् यी। उनको कविताले तृतीय स्थान हासिल गर्‍याे। गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदी लगायतले कविता वाचन गरेका थिए। स्रष्टाहरूले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए। केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए।

कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए। भिन्दा भिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे। रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए। धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रूपमा चित्रित गरे।

पाण्डेयले बहुआयमिक प्रतिभाका धनी देवकोटा जत्तिको व्यक्तित्व न पहिले रहेको र भविष्यमा पनि पाउन मुस्किल हुने उल्लेख गरे। वरिष्ठ साहित्यकार प्रेम छोटाले विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताए। संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिताजस्ता विशेषताका कारण देवकोटाका सृजना सशक्त रहेको उनको भनाइ छ।

नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको छोटाले बताए। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले महाकवि देवकोटा लगायत विशिष्ट साहित्यिक प्रतिभाहरूको जन्मजयन्ती मनाएर पुस्तकालयले सरहानीय कार्य गरेको बताए।

देवकोटा जयन्ती संयोजक समितिका संयोजक काजी रोशनले पुस्तकालयले साहित्यकाहरूका जयन्ती नियमित रूपमा मनाउँदै आएको बताए।

प्रतियोगिता कविता गोष्ठीका विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताए। पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ। विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरुदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ। विसं २०६२ मा देवकोटा जयन्ती संयोजन समिति नै बनाएर यस जयन्तीलाई अझ व्यवस्थित रूपमा मनाउन सुरु गरिएको हो।

 -रासस
अर्को समाचार
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
२ मिनेट अघि
•
१ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
भक्तपुर। ‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ लेखक ज्ञानकाजी मानन्धरकाे दाेस्राे संस्करण प ‘कुमारी’को  लोकार्पण तथा दुई विशिष्ट प्रतिभालाई सम्मान गरेकाे  छ।




कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संस्कृतिविद् तथा इतिहासकार प्राडा पुरुषोत्तम लोचन र साहित्यकार मथुरा सायमिलाई साहित्य, संस्कृति, इतिहास तथा समाजका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। साथै चित्रकार नेपाल सुधार भैल, उद्दव कर्माचार्य र दुर्गादेवी शाक्यलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिराम जोशीले ज्ञानकाजी मानन्धर र उहाँको पिता मोहनलाल खिं मानन्धरको स्मरण गर्दै स्रष्टाहरूको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद सूर्यप्रसाद लाकोजूले सम्मानित प्रतिभाहरू विराट व्यक्तित्व भएको बताए। कार्यक्रम संयोजक भुवनकाजी मानन्धरले कार्यक्रमको अध्यक्षता गरेकाे सो कार्यक्रममा उपसंयोजक प्रकाश मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कुमारी परम्परासँग सम्बन्धित सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पक्षबारे साहित्यकार एवं संस्कृतिकर्मी दुर्गा शाक्य र भवानी मन्दिरका मूल पुजारी उद्धव कर्माचार्यले विशेष मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा लेखक ज्ञानकाजी मानन्धरकाे ‘कुमारी’को लोकार्पण गरिएको थियो। पुस्तकमा देवी कुमारीसँग सम्बन्धित सांस्कृतिक, धार्मिक तथा पौराणिक कथाहरू समेटिएका छन्। विशेषतः देवी कुमारीले चण्डासुरमाथि विजय प्राप्त गरेकाे प्रसङ्गमार्फत सत्य, धर्म तथा सकारात्मक शक्तिको विजयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको थियो।

लोकार्पण समारोहमा सञ्चारकर्मी रघुवरभक्त मानन्धर, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पुस्तक प्रकाशनको महत्व, मौलिक संस्कृति संरक्षण, धार्मिक तथा ऐतिहासिक सम्पदाको अभिलेखीकरण र समाजमा साहित्य तथा संस्कृतिको योगदानबारे विचार व्यक्त गरेका थिए।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुभलक्ष्मी मानन्धर, माननीय कञ्चनचन्द्र बादेले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मानित व्यक्तित्व प्राडा पुरुषोत्तम लोचनले सम्मान ग्रहणपछि आफ्ना अनुभव, विचार तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले साहित्य, संस्कृति, इतिहास तथा ज्ञानको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर प्रयास आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमको अन्त्यमा संयोजक तथा सभापति भुवनकाजी मानन्धरले उपस्थित अतिथिहरू, वक्ताहरू, सम्मानित व्यक्तित्वहरू, सहयोगी संस्था तथा सहभागी महानुभावहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम सञ्चालक श्रीया मानन्धरले कार्यक्रमको औपचारिक समापन घोषणा गरेकी थिइन्।
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस