इटहरी वडा नं. ४ को गैरीगाउँँमा २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको एक महिनापछि अर्थात २०७४ साउन २७ गते राति आएको बाढीले चारवटा वडा तहसनहस पारि दियो।
३५ करोडको लागतमा १५ वर्षअघि निर्माण भएको भौतिक संरचनालाई प्रयोग गरी पूर्वाञ्चल विश्वविद्यालयको सम्पूर्ण प्रशासनिक काम मोरङको गोठगाउँबाट गर्ने व्यवस्था मिलाउने नेपाली काँग्रेसको चुनावी संकल्पपत्रमा सार...
इटहरीबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। इटहरी वडा न.४ स्थित शिशिर टोलका ताराकुमार खनालको घरमा डेरा कोठा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गर्दै आएका भारतका सुजित राय पक्राउ परेका हुन्।
आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि इटहरीमा तीन दलीय गठबन्धनको मेयर र उपमेयरका उम्मेदवारलाई जनता समाजवादी पार्टीले पनि सघाउने घोषणा गरेको छ।
इटहरीमा सरकारी अस्पतालमा विशेषज्ञ सेवा लिनेबाहेक अन्य सामान्य बिरामी मात्र आउने गर्छन्। विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन्।
आसन्न स्थानीय तहको निर्वाचनका लागि इटहरीमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। तीन दलीय गठबन्धन भएसँगै भागबण्डा पनि टुंगिएको छ।
विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं. ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।