पाल्पामा तीन सय ७० नयाँ उद्योग थपिए
०५ कार्तिक २०७६
•
६ मिनेट पाठ
पाल्पामा तीन सय ७० नयाँ उद्योग थपिए
पाल्पा – पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ। उद्योग–धन्दामा खासै चासो नदेखाउने यहाँका युवा पछिल्लो समय यसमा आकर्षित भएका हुन्।




आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा तीन सय ७० नयाँ उद्योग थपिएका छन्। यहाँ उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटन र सेवामूलक गरी चार प्रकारका उद्योग दर्ता भई सञ्चालनमा छन्।

हालसम्म उत्पादनमूलकतर्फ ५२, कृषि तथा वन्यजन्तुतर्फ एक सय ११, पर्यटनतर्फ ९७ र सेवामूलकतर्फ एक सय १० उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले जानकारी दिए।

‘आफैं उद्यमी भएर व्यावसाय गर्ने युवाको जिल्लामा हिजोआज उत्साह बढ्दै गएको छ, यसले परनिर्भरतालाई कम बनाएको छ,’ उनले भने।

आव ०७५/७६ मा तीन सय ६८ उद्योग नवीकरण भएका छन्। नामसारी १७ र ठाउँसारी आठवटा उद्योगको गरिएको छ। निष्क्रिय अवस्थामा रहेका ३६ उद्योग खारेजी भएका छन्। जसअन्र्तगत उत्पादनमूलक १०, कृषि तथा वन्यजन्तुमूलक १०, पर्यटनमूलक १० र सेवामूलक ६ रहेको कार्यालयले जनाएको छ।

आव ०७४/७५ मा उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक एक सय पाँच र सेवामूलक ८३ घरेलु उद्योग दर्ता भएका थिए। जिल्लामा हालसम्म दुई हजार पाँच सय ६१ उद्योग दर्ता भई सञ्चालनमा छन्।

जसमा उत्पादनमूलक चार सय ९८, कृषि तथा वन्यजन्तुमूलकतर्फ चार सय ५४, पर्यटनमूलकतर्फ ६ सय ४१ र सेवामूलकतर्फ नौ सय ६८ उद्योग छन्। उद्योग अधिकृत गैरेका अनुसार न्यूनतमा एक लाखदेखि एक करोड ५० लाखसम्म पुँजी राखेर दर्ता वा व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई घरेलु उद्योगमा दर्ता गरिन्छ।

१० करोडसम्म पुँजी भएका उद्योगलाई साना, १० करोडदेखि २५ करोडसम्मलाई मझौला र २५ करोडदेखि माथिलाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा यस्ता उद्योग दर्ता हुने गरेका छन्। त्यस्तै उद्योग विभागमा १० करोडमाथिका उद्योग दर्ता गर्नुपर्ने प्रावधान छ। जिल्लामा एक करोड ५० लाखसम्मका दुई–तीन उद्योग मात्र सञ्चालनमा छन्।

उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महिनासम्म दोब्बर शुल्कमा, तीन महिनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ।

नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था छ। जिल्ला सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम विस्तारै बढ्दै गएको पाइएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढेको छ।

लगानीमैत्री वातावरण बन्दै जादाँ थोरै लगानीबाट उद्योग सञ्चालन, ऊर्जा र कामदारको खपत धान्न सकिने भएपछि साना तथा घरेलु उद्योगमा लगानी बढ्दै गएको उद्योग अधिकृत गैरेले बताए। स्वदेशमा दक्ष जनशक्ति नहुँदा र युवापुस्ता विदेश पलायन हुँदा जिल्लामा सञ्चालित ठूला उद्योगमा भारतीय नागरिक बढी रोजगार छन्। तर, होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, छाला जुत्ता उद्योग, सःमिल, सिलाइकटाइ, हस्तकला, धातुजन्य उद्योग, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर, कृषि तथा पशु फार्म, निर्माण जस्ता साना तथा घरेलु उद्योगमा भने नेपाली कामदार बढी रोजगार रहेको उनले बताए।

विशेष गरी पछिल्ला वर्षा रोजगारीका लागि विदेश गएर फर्किने साना तथा घरेलु उद्योगमा लगानी गर्ने क्रम बढ्दो छ। यससँगै मुलुकमा स्थिरताको अपेक्षा र पाल्पा लगानीका हिसाबले राम्रो जिल्ला भएका कारण पनि यहाँ घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गइरहेको छ।

हिजोआज महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ। घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन्। सधैं परनिर्भर रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भर हुँदै गएका छन्।रासस
अर्को समाचार
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग
३२ साउन २०८१
•
३ मिनेट पाठ
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग
पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन्। जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन्। दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म चारवटा छन्। गतवर्ष ४३ महिला र ६० पुरुष गरी एक सय तीन जना उद्यमी थपिएका छन्। 




एक सय ८० महिला र दुई सय २७ पुरुष गरी चार सय सात जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। एक वर्षमा कार्यालयमा दर्ता भएका उद्योगमा २१ करोड ९८ लाख बराबरको पुँजी लगानी र सो उद्योगबाट १५ लाख ६४ हजार पाँच सय बराबरको कुल राजश्व प्राप्त भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए।

उनका अनुसार गत आवमा चार सय ८३ उद्योगको नविकरण, एक सय ७७ उद्योगको लगत कट्टा, ८९ उद्योग पुँजी वृद्धि, ३३ उद्योगले प्रतिलिपि लिएको, तीनवटा उद्देश्य थप तथा परिवर्तन, नौ वटा नामसारी तथा ठाउँसारी गरिएको छ। 

कार्यालय स्थापनादेखि हालसम्म जिल्लामा तीन हजार आठ सय १७ उद्योग दर्ता भएका थिए। जसमध्ये उत्पादनमूलक छ सय पाँच, कृषि तथा पशुपालनसम्बन्धी एक हजार तीन सय ६८, पर्यटनसम्बन्धी एक हजार ३३ छन्।

सोही आवमा वाणिज्य फार्म ९१ वटा दर्ता भएका छन्। जसमध्ये किराना र खाद्यान्नसम्बन्धी २७, हार्डवयर आठ, फेन्सी तथा कपडा १४, कस्मेटिक तथा जुत्ता १०, मदिरा तथा सुर्तिजन्य चार, भाँडाकुँडा तथा एलपि ग्याँससम्बन्धी दुई, कृषिसम्बन्धी दुई, सुनचाँदी चार, फर्निचर र फर्निसिङ्ग दुई, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स छ र अन्य १२ रहेका छन्। दर्ता भएका यी वाणिज्य फार्ममा १८ करोड १२ लाख बराबरको कुल पुँजी लगानी रहेको छ भने २१ लाख ३६ हजार सात सय कुल राजश्व प्राप्त भएको छ।

गत आर्थिक वर्षमा छ सय ८९ वटा वाणिज्य फार्म नविकरण, एक सय ८६ लगतकट्टा, एक सय ५० पुँजी वृद्धि, ५१ वटा प्रतिलिपि, उद्देश्य थप र परिवर्तन २६, नामसारी र ठाउँसारी १० वटा रहेका छन्। गत आर्थिक वर्ष सम्ममा दर्ता भइ सञ्चालनमा रहेका फार्मको सङ्ख्या चार हजार तीन सय ३३ रहेका छन्। 

उद्योगतर्फ तीन हजार आठ सय १७ गरी कुल आठ हजार एक सय ५० फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आव २०७९/८० मा एक सय ४३ उद्योग खारेज भएका थिए। उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएका हुन्। आव २०७८/०७९ मा एक सय ८८ उद्योग र दुई सय ३९ फार्म खारेजी भएका थिए।

जिल्लामा उद्योग व्यवसायदर्ता गर्ने भन्दा खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ। पाँच लाखसम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले व्यवसायीले  घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्ने गरेका छन्।

कृषि तथा पशुपालनमूलक, पर्यटन उद्योग बढी मात्रामा खारेजी भएका छन्। आर्थिक मन्दीलगायत कारणले उद्योग व्यवसाय खारेजी भएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध छ।

प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम रु पाँच लाख भन्दा कम पुँजीलगानी भएका उद्योग तथा वाणिज्य फार्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगत कट्टा गरिन थालिएको हो। कार्यालयले सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ।

घरेलु कार्यालयसँग लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार छ। दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ। दश करोड माथिका पुँजी भएमा उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ। -रासस
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस