नेप्से दुई अंकले बढ्यो
०५ फागुन २०७०
•
३ मिनेट पाठ
नेप्से दुई अंकले बढ्यो
काठमाडौं- कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले सोमबार नेप्से उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ। स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.४१ अंकले बढेर ८०३.७३ मा आइपुगेको छ। आइतबार नेप्से १.७८ अंकले घटेको थियो।बिमा समूहको परिसूचक सबभन्दा उच्च (८०.२४) अंकले बढेको छ। यसलाई क्रमशः विकास बैंक, जलविद्युत र वित्त समूहले पछ्याएका छन्। कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, होटल र बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक घटेका छन्। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नौं समूहमा विभाजन गर्दै आएको छ। 
सोमबार दुई हजार एक सय ८३ कारोबारमा २७ करोड २९ लाख ३६ हजार रुपैयाँ बराबरका पाँच लाख ५४ हजार सात सय २१ कित्ता सेयर कारोबार भएका छन्। आइतबार दुई हजार ९९ कारोबारमा १७ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरका सात लाख ३४ हजार सात सय ५६ कित्ता सेयर किनबेच भएका थिए। 
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो। 
सोमबार कारोबार भएका १३३ मध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ। ९ कम्पनीको सेयर मूल्य स्थिर छ भने ६१ को घटेको छ। 
यस दिन सानिमा माइ हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै (२९१) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (पाँच करोड ५२ लाख ५० हजार रुपैयाँ) का आधारमा एभरेस्ट बैंक (संस्थापक) अगाडि छ। किनबेच भएका सेयर संख्या (९५ हजार ८ सय ८५ कित्ता) का आधारमा नबिल ब्यालेन्स फन्डले अग्रता लिएको छ। 
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक यस दिन सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। काक्रेविहार विकास बैंक, लुम्बिनी फाइनान्स र प्रभु विकास बैंकको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ। 
सोमबारको कारोबारबाट बजार पुँजीकरण ८ खर्ब १८अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा दुई अर्ब बढी हो। पाँच वर्षअघि नेप्से उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।
अर्को समाचार
नेप्से ५ अंकले बढ्यो
१७ वैशाख २०६६
•
२ मिनेट पाठ
नेप्से ५ अंकले बढ्यो
काठमाडौं वैशाख १७ (नागरिक)- सेयर बजार परिसुचक नेप्से बिहीबार पाँच अंकले बढेको छ। नेप्सेमा सुधार आएको यो तेस्रो दिन हो । साताको सुरु दुई दिन नेप्से उच्च अंकले घटेको थियो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से पाँच दशमलव दुई अंकले बढेर छ सय ४८ दशमलव ६४ मा आइपुगेको छ। विकास बैंक र जलविद्युत बाहेक सबै समूहको परिसूचक बढेकोले नेप्सेमा सकारात्मक प्रभाव परेको हो।

बजारको सबभन्दा ठूलो कम्पनी नेपाल टेलीकमको सेयर मूल्य वृद्धिले नेप्सेलाई थप उचालेको छ। टेलिकमको सेयर प्रति कित्ता दुई रुपैयाँ बढ्दा समूहको परिसूचक आठ अंकले बढेको छ। कारोबारयोग्य सेयरलाई मात्रै गणना गर्ने फ्लोट इन्डेक्स क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्सको वृद्धि दर नेप्सेको भन्दा कम छ।

बजार खुले लगत्तै नेप्से बृद्धि उन्मुख देखिएको थियो। अपरान्ह साढे एक बजे केही घटेर नेप्से क्रमशः माथि चढेको थियो।

स्वाबलम्बन विकास बैंक, शिखर वित्तीय संस्था र रिलायबल इन्भेस्टमेन्टले बिहीबार उच्च दरमा सेयर मूल्य गुमाएका छन्। युनाइटेड फाइनान्स, गोर्खा विकास बैंक र सिद्धार्थ विकास बैंक सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अगाडि छन्।

बिहीबार ५९ कम्पनीको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। कस्मिक मर्चेन्ट बैंकिग एण्ड फाइनान्सको सबभन्दा बढी रकम एक करोड ३३ लाख रुपैयाँ को कारोबार भएको छ । एल्पिक एभरेष्ट फाइनान्सको संस्गापक सेयर प्रति कित्ता एक सय ७७ रुपैयाँमा कारोबार भयो।

एक्सचेञ्जका अनुसार बिहीबार ६ सय ६४ कारोबारमा ६ करोड १८ लाख रुपैयाँ बराबरका ९४ हजार ७ सय ७९ कित्ता सेयर किनबेच भएका छन्। बजार पुँजीकरण करिब चार तीन रुपैयाँ बढेर चार खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
नेप्से १६ अंकले बढ्यो
नागरिक नागरिक • · २२ वैशाख २०७१ · ३ मिनेट पाठ
नेप्से ८ अंकले बढ्यो
नागरिक नागरिक • · १० चैत्र २०७० · ३ मिनेट पाठ
नेप्से दुई अंकले बढ्यो
नागरिक नागरिक • · १९ चैत्र २०७० · ३ मिनेट पाठ
नेप्से १० अंकले बढ्यो
नागरिक नागरिक • · ०७ चैत्र २०७० · २ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस