काठमाडौं-कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले नेप्से बिहीबार उकालो लागेको छ। कारोबार रकम भने पछिल्लो समयको दैनिक औसतभन्दा कम छ।स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से १०.३७ अंकले बढेर ७७५.२८ मा आइपुगेको छ। बुधबार नेप्से ९.९२ अंकले बढेको थियो।
जलविद्युत समूहको परिसूचक सबभन्दा उच्च (४९.९८) अंकले घटेको छ। यसलाई क्रमशः बिमा, होटल, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, वित्त र विकास बैंक समूहले पछ्याएका छन्। बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक घटेको छ। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नौ समूहमा विभाजन गर्दै आएको छ।
बिहीबार दुई हजार ४७ कारोबारमा २० करोड ४९ लाख ७२ हजार रुपैयाँ बराबरका चार लाख ११ हजार ५ सय ५८ कित्ता सेयर कारोबार भएका छन्। बुधबार दुई हजार दुई सय ४९ कारोबारमा २५ करोड ४६ लाख ४७ हजार रुपैयाँ बराबरका चार लाख २७ हजार एक सय २९ कित्ता सेयर कारोबार भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो।
यस दिन मेगा बैंक सबैभन्दा धेरै (१८६) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (२ करोड ९८ लाख ८ हजार रुपैयाँ) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ। किनबेच भएका सेयर संख्या (५५ हजार ९ सय १४ कित्ता) का आधारमा नबिल ब्यालेन्स फन्डले अग्रता लिएको छ।