काठमाडौं-होटल र बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले बुधबार नेप्से उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १.९७ अंकले बढेर ८०२.९६ मा आइपुगेको छ। मंगलबार नेप्से ८.८ अंकले बढेको थियो।
जलविद्युत समूहको परिसूचक यस दिन सबभन्दा उच्च (२८.४१) अंकले बढेको छ। यसलाई क्रमशः विकास बैंक, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहले पछ्याएका छन्। उत्पादनमूलक समूहको परिसूचक स्थिर छ। होटल र बिमा समूहको परिसूचक घटेको छ। व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नौ समूहमा विभाजन गर्दै आएको छ।
बुधबार दुई हजार ८ सय २३ कारोबारमा ४१ करोड ४९ लाख ८६ हजार रुपैयाँ बराबरका सात लाख ३६ हजार पाँच सय ४४ कित्ता सेयर कारोबार भएका छन्। मंगलबार दुई हजार ५ सय कारोबारमा ४० करोड १ लाख ७० हजार रुपैयाँ बराबरका सात लाख ७४ हजार पाँच सय ६५ सेयर कारोबार भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो।
यस दिन चिलिमे हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै (२५९) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (९ करोड ८ लाख ७४ हजार रुपैयाँ) का आधारमा पनि चिलिमे नै अगाडि छ। किनबेच भएका सेयर संख्या (एक लाख २० हजार एक सय ५० कित्ता) का आधारमा नेसनल हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ।
स्वरोजगार लघुवित्त विकास बैक, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र महाकाली विकास बैंक यस दिन सेयर मूल्य उल्लेख्य रुपमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्।तारागाउँ रिजेन्सी होटल, हामा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र आइसिएफसीआई फाइनान्सको सेयर मूल्य उल्लेख्य रुपमा घटेको छ।
बुधबारको कारोबार अनुसार बजार पुँजीकरण ८ खर्ब १८ अर्ब ४६ करोड कायम भएको छ। यो अघिल्लो दिनको लनामा दुई अर्ब रुपैयाँ बढी हो। पाँच वर्षअघि बजार उचाइमा पुगेको बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।