काठमाडौं-कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से सोमबार उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ८.०० अंकले बढेर ७८२.७६ मा आइपुगेको छ। आइतबार नेप्से ०.५२ अंकले घटेको थियो।
बिमा समूहको परिसूचक यस दिन सबभन्दा उच्च (३९.१२) अंकले बढेको छ। यसलाई क्रमशः जलविद्युत, वित्त, होटल, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक, बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य र उत्पादनमूलक समूहले पछ्याएका छन्। व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नौ समूहमा विभाजन गर्दै आएको छ।
सोमबार एक हजार ९ सय ९० कारोबारमा ३० करोड ३० लाख २२ हजार रुपैयाँ बराबरका आठ लाख ४७ हजार ३४ कित्ता सेयर कारोबार भएका छन्। आइतबार दुई हजार १५ कारोबारमा २४ करोड ८४ लाख ७४ हजार रुपैयाँ बराबरका पाँच लाख ५३ हजार ४७ कित्ता सेयर कारोबार भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो।
यस दिन सानिमामाई हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै (१६५) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (८ करोड ७९ लाख ३० हजार रुपैयाँ) का आधारमा तारागाउँ रिजेन्सी होटल अगाडि छ। किनबेच भएका सेयर संख्या (४ लाख ६२ हजार ७ सय ९० कित्ता) का आधारमा पनि तारागाउँले नै अग्रता लिएको छ।
हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स र नागरिक लगानी कोष यस दिन सेयर मूल्य उल्लेख्य रुपमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र समट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य उल्लेख्य रुपमा घटेको छ।
सोमबारको कारोबार अनुसार बजार पुँजीकरण ७ खर्ब ९७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १० अर्ब रुपैयाँ बढी हो। पाँच वर्षअघि बजार उचाइमा पुगेको बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।