काठमाडौं-अन्यबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से बुधबार उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसत बराबर छ। स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १०.४५ अंकले बढेर ८१०.४७ मा आइपुगेको छ। मंगलबार नेप्से ११.९९ अंकले घटेको थियो।बिमा समूहको परिसूचक सबभन्दा उच्च (५९.६५) अंकले बढेको छ। यसलाई क्रमशः जलविद्युत, होटल, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक र वित्त समूहले पछ्याएका छन्। बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक स्थिर छ। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नांै समूहमा विभाजन गर्दै आएको छ।
बुधबार दुई हजार दुई सय ४ कारोबारमा ३० करोड १७ लाख ५० हजार रुपैयाँ बराबरका सात लाख ६ सय ८९ कित्ता सेयर कारोबार भएका छन्। मंगलबार दुई हजार तीन सय ५३ कारोबारमा २४ करोड ७४ लाख १३ हजार रुपैयाँ बराबरका १० लाख ७८ हजार पाँच सय १४ कित्ता सेयर कारोबार भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो।
बुधबार कारोबार भएका १२२ मध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर छ भने ३६ को घटेको छ।
यस दिन सानिमा माइ हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै (१७६) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (पाँच करोड ४८ लाख ४५ हजार रुपैयाँ) का आधारमा नबिल बैंक अगाडि छ। किनबेच भएका सेयर संख्या (एक लाख ७० हजार ५ सय ३८ कित्ता) का आधारमा पनि नबिल बैकले अग्रता लिएको छ।
प्रुडेन्सियल इन्स्योरेन्स, जेनिथ फाइनान्स र किस्ट बैंक यस दिन सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। गौरीशंकर डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स र प्रुडेन्सियल फाइनान्सको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ।
बुधबारको कारोबारबाट बजार पुँजीकरण ८ खर्ब २५ अर्ब रुपैयाँ कायम भएको छ। पाँच वर्षअघि नेप्से उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।