काठमाडौं-वित्त र बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले सोमबार नेप्से उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।स्टक एक्सचेन्जका अनुसार नेप्से सोमबार १६.०७ अंकले बढेर ८४६.७८ मा आइपुगेको छ। आइतबार नेप्से ७ अंकले बढेको थियो।
होटल समूहको परिसूचक सबैभन्दा उच्च (९८.४२) अंकले बढेको छ। यसलाई क्रमशः कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहले पछ्याएका छन्। वित्त र बिमा समूहको परिसूचक घटेको छ। उत्पादनमूलक र व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। नेप्सेले सूचीकृत कम्पनीलाई नौ समूहमा विभाजन गर्दै आएको छ।
यस दिन १२१ कम्पनीको कारोबार भएकोमा ८४ को सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने ३१ को घटेको छ।
नेसनल हाइड्रोपावर कम्पनी यस दिन रकमका (६ करोड ९७ लाख १३ हजार) आधारमा सबभन्दा धेरै कारोबार हुने कम्पनी हो। कारोबार सेयर कित्ता (६ लाख २२ हजार ३ सय २) का आधारमा नबिल ब्यालेन्स फन्डले अग्रता लिएको छ। कारोबार संख्या (२४६) का आधारमा नेसनल हाइड्रो अगाडि छ।
सोमबार जम्मा २ हजार ७ सय ३६ कारोबारबाट ५० करोड २८ लाख ५० हजार रुपैयाँ बराबरका १६ लाख ५६ हजार एक सय ९७ कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। आइतबार दुई हजार चार सय ११ कारोबारमा ४८ करोड २० लाख ६५ हजार रुपैयाँ बराबरका ८ लाख ९४ हजार २ सय ८३ कित्ता सेयर किनबेच भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। गत पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो।
नेपाल इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक र इन्नोभेटिभ डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन उच्च दरमा बढेको छ। पिपल्स फाइनान्स, एसिएन लाइइफ इन्स्योरेन्स र कन्काई विकास बैंक यस दिन सेयर मूल्य घट्ने कम्पनीको सूचीमा अगाडि छन् ।
सोमबारको कारोबार बाट बजार पुँजीकरण ८ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको भन्दा १६ अर्ब बढी हो। पाँच वर्षअघि बजार उचाइमा पुगेको बेला बजार पुँजीकरण ८ अर्ब १२ अर्ब रुपैयाँ थियो।