पर्यटन क्षेत्रमा शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखरामा फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी, टुरिज्म एण्ड म्यानेजमेन्ट कलेज संचालनमा आउने भएको छ । अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादनमा सघाउने गरि आगामि जनवरीदेखि विद्यार्थी भर्ना लिइने कलेजले बताएको छ ।
पोखरामा फिस्टेल माउन्टेल संचालन गर्न थालेको यो समुहले यसअघि काठमाडौंमा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट पनि संचालन गरिरहेको छ । सिल्भर माउन्टेनका कार्यकारी अध्यक्ष समीर थापाका अनुसार मलेशियाको टेलर युनिभर्सिटीसँगको सम्बन्धनमा पोखरामा फिस्टेल माउन्टेन स्कुल संचालन गर्न थालिएको हो । टेलर र फिस्टेलबीच दुईवर्ष अघि नै सहकार्य गर्नेबारे सम्झौता भएको थियो ।
थापाका अनुसार २०२० को जनवरीमा स्कुलले पहिलो समुहलाई भर्ना गर्ने लक्ष्य राखेको भएपनि कोरोना संक्रमणका कारण विद्यार्थी भर्ना गर्न पाएको थिएन । आगामि जनवरीदेखि अध्यापन सुरु गराउने गरि भर्ना गरिने थापाले बताए । चारवर्षे यो कार्यक्रममा टेलर सहित सिल्भर माउन्टेनका शिक्षकहरुले अध्यापन गराउनेछन् । टेलरले फ्रान्सको यूनिभर्सिटी अफ टुलुससँग पनि सहकार्य गरेको छ । पोखराको फिस्टेल माउन्टेनबाट अध्यापन गरेका विद्यार्थीले टेलर र टुलुसबाटै प्रमाणपत्र पाउनेछन् ।
पोखराको फिस्टेल माउन्टेनले पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना गर्नेछ । दोश्रो वर्षदेखि भने एकसयजना विद्यार्थीलाई भर्ना गराउने उनले बताए । ‘पर्यटनमा पोखरा अब्बल छ । यहाँ ठुला लगानीका होटल पनि संचालनमा छन । त्यही भएर हामीले पनि पोखरालाई छनोट गरेर शैक्षिक जनशक्ति उत्पादनमा जोड दिएका हौ,’उनले भने । उनका अनुसार चारवर्षे अध्ययन अवधिमा विद्यार्थीले ८ लाख ७० हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यो रकमले विद्यार्थीको २ वटा इन्टर्नशीप सहितको हुनेछ । विद्यार्थीको इन्टर्नशीपका लागि कलेजले विभिन्न १७ मुलुकका ५४ होटलसँग सहकार्य गरेको छ । पोखरामा अध्ययन गरेका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका होटलमा इन्टर्नशीप पठाउने र अतिरिक्त शुल्क तिर्नु नपर्ने उनले बताए ।
‘पोखराले पर्यटनमा ठुलो क्षेत्र ओगटेको छ । यहाँ दक्ष जनशक्तिको खाँचो रहेको छ । त्यही खाँचो पूर्ति गर्नका लागि हामीले यहाँ जनशक्ति उत्पादनमा सघाउने गरि अध्यापन गराउँदैछौ,’ उनले भने, ‘पोखरामा हामीले दक्ष जनशक्ति उत्पादन गर्न सकिनेमा विश्वस्त छौं । त्यसका लागि स्थानीय होटलसँग पनि हामीले सहकार्य गर्ने हो ।’ पोखरामा अध्यापन गराइने कोर्ष टेलरले नै तोके बमोजिम हुने पनि उनले बताए । यही समुहले राजधानीमा विभिन्न कोर्षमा जनशक्तिलाई प्रशिक्षण पनि गराउँदै आएको छ ।