संविधान किन बनिरहेको छैन? घर घरमा, जन जनको मनमा यहि प्रश्न छ। सबैले भन्छन् केहि लिएर वादिएर पनि संविधान त बनाउनै पर्दछ। अहिलेसम्मको सहमतिको आधारमा प्रष्ट के छ भने अबबन्ने नयाँ संविधान गैर लोकतान्त्रिक अवश्य हुँदैन। अर्थात, यो संविधानले जनताको बाँच्न पाउने अधिकार, सम्पतिको अधिकार, प्रेस स्वतन्त्रता आदी मुख्य लोकतान्त्रिक अधिकार खोस्दैन। सहभागिता मूलक र समानुपातिक व्यवस्थाबाट पनि दलहरु भाग्न मिल्दैन त्यसैले संविधान सोहीअनुरुप हुन्छ। तर यति सबैकुरामा सहमति भैसकेपछी के ले अडकाएको छ त प्रमुख दलहरू लाई?यो लेखमाअहिलेका चारवटा मुख्य राजनीतिकदललाई किन संविधान माघ ८ मा जारी गर्नुपर्ने वाध्यता छ सो चर्चा गरिनेछ। त्यसपछी संविधानमा अहिले विवादितमुख्यविषयमा केन्द्रित हुँदै कुन कुन विषयमा राजनीतिकदलहरूले क–कस्तो सम्झौतागर्नु पर्दछ भन्ने विषयमा विचार गरिनेछ। अन्त्यमा, यदि संविधान बन्योभने माघ ८ गतेपछी कस्ता समस्याआउन सक्छन् त्यसको छोटो चर्चा पनि समावेश गरिनेछ।
सबैभन्दापहिले कांग्रेस, एमाले, माओवादी र मधेशवादीदलहरूमध्ये अहिले संविधानजारी नहुँदा कसलाई फाईदा होला? यसो हेर्दा आफ्नो माग पुरा नहुने हो भने संविधानजारी नहुँदा माओवादीले जितेको जस्तो देखिन सक्दछ। मधेसी दलमा पनि संघियता र संघको सिमानालाई लिएर प्रशस्त असन्तुष्टि छ, त्यसैले तिनले पनि संविधान नबन्दा आफ्नो विजय भएको महशुस गर्न सक्दछन्। कांग्रेस र एमाले त अहिलेको राजनीतिक खेलका सबैभन्दा ठूला खेलाडी र व्यवस्थापिका संसदका दुई ठूला दल भैहाले। यिनलाई संविधान नबनेको खण्डमा अरुलाई दोषारोपण गरेर सरकारमा बसिरहन बहाना मिल्नेछ। आखिर चारवर्षलाई चुनिएको व्यवस्थापिका संसदमा संविधान बनाएर अर्को निर्वाचनमा जाने हतारो तिनलाई पनि छैन, त्यसैले संविधान नबन्दा तिनलाई पनि खासै बेफाईदा हुँदैन भनेर व्याख्या गर्न सकिन्छ। वास्तवमा यी कुनैपनि दल संविधान नबन्दा फाईदामा हुन्नन्।
संविधान नबन्दा समग्रमा सबै राजनीतिक दल प्रति जनताको रोष बढेर जानेमा कुनै शंका छैन। जति ठूलो राजनीतिक दलभयो उती धेरै राजनीतिक घाटा हुने अवस्था हुन्छ। तर हाम्रा राजनीतिक दलहरू यो राजनीतिक घाटाका कारणले मात्र संविधान बनाउन उद्यत हुने शक्ति होईनन्। यिनलाई अहिले संविधान बनाउनका लागि सबैभन्दा ठूलो दबाब मुख्यतः तीन थरीका विभिन्न समूहबाट आएको छ।
कमल थापा र खुमबहादुर खड्काको हिन्दु धर्मको राजनीतिले संविधान समयमानै बनाउन एक प्रकारको दबाब सिर्जना गरेको छ। अहिले संविधान बनेन भने ती दुई थरीका समूह जनताका बीच लोकप्रियहुने संभावना प्रशस्त छ। संविधान बनाउन नसकेका दलभन्दा ८४ प्रतिशत भन्दा बढी हिन्दु भएका देशमा हिन्दु अधिकारका लागि लड्ने दल जनताका लागि प्रिय हुन सक्छन्। थापा र खड्काको उदयले मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक प्रभावमा ठूलो अन्तर ल्याउन सक्दछ। त्यसैले यिनीहरु संविधान नबनाएर भाग्न सक्ने अवस्थामा छैनन्।
नेकपा एमाओवादीका लागि अहिले संविधान ल्याउनै पर्ने सबैभन्दा महत्वपुर्ण पक्ष के हो भने उनीहरू दोस्रो संविधान सभाको निर्वाचनबाट निकै कमजोर बनेका छन्। अब यदि संविधान बनाउने र निर्वाचनबाट पुनःजनताको विश्वास जित्ने प्रयास नगर्ने हो भने यिनको अस्तित्व खतरामा पर्ने देखिन्छ। संविधान बनेन भने एमाओवादीको विघटनबाट बनेका मोहन वैद्य समूह र नेत्र विक्रम चन्द समूह सिधै हिंस्रक वा गैर हिंस्रक संघर्षमा उत्रन्छन्। यस्तो अवस्थामा पुष्प कमल दाहाल र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको एमाओवादीको जनाधार कमजोर भएर जाने प्रबल संभावना नकार्न सकिदैन। त्यसैले पनि सकेको जति विषयमा आफ्ना माग मनाएर संविधान जारी गर्नुमा एमाओवादीको पनि राजनीतिक विजय हुने देखिन्छ।
मधेशवादी मोर्चा अहिले एक सशक्त शक्तिको रुपमा देखिएको छ। यस मोर्चामा रहेका शक्तिहरू मधेश प्रदेशको विषयमा र यसको सिमाना र स्वरुपका विषयमा छलफल गरिरहेका छन्। यिनले भनेका छन् यिनको उद्देश्य नेपाल टुक्र्याउनु होईन। तर यदि अहिले संविधान बनेन भने नेपालबाट मधेशलाई टुक्र्याएर एक छुट्टै देश बनाउने अभिलाषा बोकेका केहि शक्तिले जनताको ध्यान आफू तर्फ तान्नसक्ने अवस्था देखिएको छ। त्यो शक्ति भोली सफल वा असफल जे होला तर संविधान जारी नभएको अवस्थामा अहिलेका नेपालवादी मधेशी नेताहरूको राजनीतिक प्रभाव र कतिपयको राजनीतिक भविष्यनै समाप्त हुने संभावनालाई उनीहरू आफैले पनि नकार्दैनन्।
त्यसैले मुख्य राजनीतिक शक्तिहरूलाई समयमै संविधान नबन्नु भन्दा बनाएर जाँदा फाईदा हुने देखिन्छ। तर संविधान बनाउने भन्दैमा सबैले आ–आफ्नो बटम लाईन पनि छाड्न सक्दैनन्। विवादको हलो अड्किएको सबैभन्दा मुख्य विषय चारवटा छन्। संघियता र संघको सिमानाको विषये सबैले सोचे अनुसारै सबैभन्दा विवादित विषय हो। अर्को महत्वपुर्ण विषय शासन प्रणाली हो। त्यसपछी निर्वाचन प्रणाली र न्याय प्रणाली पनि विवादित विषय हुन्।
संघियतामा माओवादी जातीय पहिचानको मुद्दा लिएर बसेको छ। उसको विचारमा संघको नामाकरण जातीको नामबाट राख्दा मात्र पहिचान हुन्छ अन्यथा हुँदैन। तर त्यो विषय आफैमा त्यतिनै सत्य होईन जति जातीको नाम पहिचानको आधार हुँदै होईन भन्ने तर्कको छ। यस विषयमा केही लेन देन हुनुपर्ने देखिन्छ। अहिले एमाओवादीले ल्याएको भौगोलिक र जातिय बहु पहिचानका आधारमा पहाडी प्रदेशको नाम राख्ने प्रस्ताव ठिकै देखिन्छ। अन्य राजनीतिकदलले त्यसमा अलिकति लचिलोपन देखाउने आशा गर्न सकिन्छ।
कांग्रेस र एमालेको प्रस्तावित ७ प्रदेशको संघियतामा मधेशी मोर्चाको मुख्य माग झापा, मोरंग, सुनसरी, चितवन (दक्षिणी भाग), कैलाली र कंचनपुर समेतको सम्पुर्ण मधेश हुनुपर्छ भन्ने हो। त्यस्तै चुरे क्षेत्र मधेशमा पर्नुपर्ने पनि मोर्चाको महत्वपुर्ण माग हो। यस विषयमा पनि केहि लेन देन हुनसक्ने अवस्था देखिन्छ। मुख्यतः मधेशवादी मोर्चाको उद्देश्य त्यहाँ बसोबास गरेका अन्य जातीलाई विस्थापित गर्ने होईन न त देश टुक्र्याउने हो भन्ने कुरामा मोर्चाले अन्य शक्तिलाई विश्वस्त तुल्याउनु पर्दछ। तर मधेश पनि एउटा मात्र होईन आफैमा तीनवाचार मधेश प्रदेश बनाउने सोचमा अघि बढेको छ। चितवनको विषयमा नेका र एमाले सम्झौता नगर्ने हुनभने पनि अन्य चार जिल्लाका विषयमा केही लेन देन भएर संघियताको विषयमा मधेशी मोर्चाको माग पुरागर्न सकिने देखिन्छ।
संघियता पश्चात अहिले देखिएको सबैभन्दा मुख्य विषय शासकिय स्वरुप हो। यस विषयमा समानुपातिक र समावेशी रुपको संसदीय व्यवस्थामा मत मिल्ने देखिएको छ। तर निर्वाचन प्रणालीमा समानुपातिक र प्रत्यक्षको अनुपात आधा आधा वा प्रत्यक्ष ६० सम्म हुनसक्ने अवस्था छ। यदि निर्वाचन प्रणालीमा (थ्रेसहोल्ड राखेर) समानुपातिक रहने हो भने संसदिय व्यवस्थामा सबै शक्ति एक ठाउँमा आउनसक्ने अवस्था छ। न्यायिक प्रणाली मुख्य विषय हुँदा हुँदै पनि पहिलो तीन विषयमा सहमति भएको खण्डमा न्यायिक प्रणाली पनि केही मुख्य विषयमा परिवर्तन गर्ने सहमतिका साथ सबैबाट अनुमोदन हुनसक्ने अवस्था छ।
यसरी हेर्दा नेपालका प्रमुख चार राजनीतिक शक्तिहरू माघ ८ मा संविधान बनाउन सक्ने अवस्थाको धेरै नजिकपुगेका छन्। अहिले भारत र चीनदुवै मित्रदेशले सहमतिमानै संविधान बनाउन जोड दिएको अवस्था र सबै राजनीतिक दलहरूलाई संविधान नबनाउँदा ठूलो राजनीतिक घाटा हुने अवस्थालाई दृष्टिगत गर्दा सहमतिको संविधान आउने संभावना छ। संविधाननै आएन भनेपनि माघ ८ मा पहिलो प्रारुप आउनसक्ने संभावना बढेर गएको छ।
तर माघ ८ मा सहमतिमै संविधान आयोभने पनि त्यो संविधान जलाउने समूहको कमि हुनेछैन। संविधान नआउँदा प्रमुख राजनीतिक शक्तिलाई पाखा लाउने ध्येयमा बसेका बाहिरका शक्तिहरू अवश्यपनि यो संविधान जलाउने कार्यमा एक भएर अघि आउनेछन्। त्यस्तो अवस्थामा कसरी देशमा शान्ति र अमन चयन कायम गर्ने भन्ने विषयमा सत्ताशिन राजनीतिक दलहरूले अहिलेनै ध्यान पुर्यााउनु अत्यन्त जरुरी हुन्छ।
संविधान आउने भयो भने सबैभन्दा पहिले सर्वदलिय सरकार बनाउनु वान्छनिय हुन्छ किनभने त्यस अवस्थामा सरकार बाहिर बसेका दलको संख्यान्यून हुन्छ। अर्थात संविधानदुई तिहाई मात्र होईन शतप्रतिशतले बनेको भन्न सकिने अवस्था हुन्छ र यसको बचावका लागि सबै दल अग्रसर हुन्छन्।
अब बन्ने संविधानमा धर्मका विषयमा नेपाल कुनै धर्म सापेक्ष वा निरपेक्ष भनेर घोषणा गर्नु जरुरी छैन। तर धर्म निरपेक्ष घोषणा भएको अवस्थामा हुनसक्ने विरोधको रोकथामका लागि सम्बन्धित समूहलाई कहँाबाट र कसले आर्थिक सहायता दिन्छ र यसबाट कस्तो प्रभाव पर्न सक्दछ भन्ने विषयमा समयमै ध्यानदिईनु पर्दछ। छिमेकी राष्ट्र र विदेशी राष्ट्रलाई संविधान विरोधी शक्तिलाई कुनैपनि प्रकारले समर्थन र सहयोग नगर्न अनुरोध मात्र होईन विशेष आग्रहनै गर्नु पर्दछ। सुरक्षा सम्बद्ध निकाय अहिले देखिनै सुरक्षा व्यवस्था मिलाउन तयार समेत गर्नु पर्दछ। यस्तो अवस्थामा सबैभन्दा महत्वपुर्ण भूमिका सरकार प्रमुखको हुने हुनाले प्रधानमन्त्री सुशील कोइरालाले चुस्त र सशक्त प्रशासन बनाउन विशेष ध्यानदिनु पर्दछ। यदि सर्वदलिय सरकार बनाउँदा नेतृत्व परिवर्तन गर्ने सहमति हुन्छभने पनि संविधान जारी गरे पश्चात र उद्दण्डता नियन्त्रण गरेपश्चात मात्र सरकार प्रमुख फेर्न मनासिब देखिन्छ।