रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार बालुवाटार गरिरहेको प्रदर्शन निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले धरपकड गरेको छ । प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्ने झण्डै एक दर्जन व्यक्तिहरू प्रक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले पक्राउ परेको कुरा पुष्टि गरे । ‘हो निषेधित क्षेत्र प्रवेश गरेपछि केही व्यक्ति नियन्त्रणमा लिइएको छ । त्यसमा कति छन् र कोको छन् भन्ने कुरा खुलेको छैन । विवरण संकलन गर्दैछौं,’ एसपी अधिकारीले भने ।