सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
१६ कार्तिक २०८१
•
२ मिनेट पाठ
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ।




पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो।

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले बताए।

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो। बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ। भट्टले भने, “वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणामसमेत घोषणा गर्नेगरी तयारी भइरहेको छ।”

सुदूरपश्चिम प्रदेशसहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो। स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ।

यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ। कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका–२ को वडासदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको बताए।

यस्तै स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय सो पार्टीले गरेको छ। रिक्त भीमदत्त–६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी–६मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्यासीको निर्णय हुन बाँकी रहेको रावतले बताए।

भीमदत्त–६ मा नेकपा (एमाले)ले बहादुर चन्दलाई अध्यक्षको प्रत्यासी बनाउन लागेको छ। नेकपा (एमाले) प्रदेश कमिटी सचिव रणबहादुर चन्दले गापा उपाध्यक्ष, जिल्ला समन्वय समिति संयोजक पदमा कसलाई प्रत्यासी बनाउने भन्नेबारेमा प्रदेश कमिटीले आज निर्णय गर्न लागेको बताए। अन्य दलले पनि उपनिर्वाचनमा उठाउने प्रत्यासीका बारेमा निर्णय गर्न बाँकी रहेको बताइएको छ।

-रासस
अर्को समाचार
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
८ मिनेट अघि
•
१ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।




पार्टीका कार्यक्रममा झोलाको सट्टा फाइल वा डायरी प्रयोगमा ल्याउन थालिएको र झोला युगको अन्त्य गरिएको भन्ने रवि लामिछानेको अभिव्यक्तिमा टिप्पणी गर्दै बस्नेतले कार्यकर्ताको झोला हैन जनताको अवस्था फेर्न आग्रह गरेका हुन्।  

बस्नेतले भने, ‘झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्ने पार्टी सभापतिले अमूर्त र अण्टसन्ट कुरा गर्ने होइन। जनतासँग तपार्ईले गरेका बाचा पूर्ववर्ती सरकारका भन्दा कम छैनन्। थोरै र सानो भएपनि जनताका वास्तविक समस्या समाधानमा केन्द्रित हुनूस्।’

उनले जनतालाई पानी जहाँज चढाउने बाचा गरेको सरकार हेलिकप्टर चढेर भाग्नुपरेको स्मरण गराउँदै युवालाई स्वदेश फर्काउने बाचा गरेको सरकारको आफै विदेश भाग्ने स्थिति नआओस् भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

बस्नेतले रास्वपाको राजनीतिक र शासकीय सुधारसम्बन्धी प्रतिबद्धतामा समेत प्रश्न उठाएका छन्। ‘सांसद मन्त्री बन्न नपाउँने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनेलगायतका रास्वपाको बाचा कहिले पुरा हुन्छन्? सहकारी बचतकर्ताको रकम फिर्ता कहिले हुन्छ?’ उनले प्रश्न गरेका छन्।  

उनले जनतासामू गरेका बाचा केबल पुराना राजनीतिक दललाई आलोचना गर्ने हतियार थिए कि आफू नेतृत्वमा पुगेपछि कार्यान्वयन गर्ने वास्तविक प्रतिबद्धता हुन् निर्क्योल गर्न भनेका छन्।
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
यो पनि पढौँ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस