भदौ ३० गते राति संविधान सभाद्वारा संविधान निर्माणको प्रक्रिया पूरा भयो। विसं २००७ सालको राजनीतिक परिवर्तनसँगै संविधान सभाको इतिहास सुरु भयो। अहिले ६५ वर्षपछि संविधान सभाद्वारा संविधान पारित भएको छ। नेपाली जनताले त्यसका लागि ६५ वर्षसम्म लगातार संघर्ष गर्दै आए।यो लामो संघर्षमा लगातार र अभिन्नरूपले सक्रिय रह"दै आएकाले पनि मलाई विशेष प्रशन्नता र गौरव अनुभव भइरहेको छ। संविधान सभासँगै स्वयं मेरो पनि संविधान सभाका लागि संघर्षको ६५ वर्ष लामो र अविचलित यात्राको इतिहास छ।
अन्तरिम संविधान २००७ मा संविधान सभाको चुनावको व्यवस्था गरियो। त्यसको दुई वर्षपछि २००९ सालमा चुनाव गर्ने ठेगान त भएको थियो तर ५५ वर्षपछि २०६४ सालमा मात्र पहिलोपल्ट चुनाव हुन सक्यो। तर, त्यो संविधान सभा संविधानको निर्माण नहुँदै विघटन भयो। त्यसपछि भदौ ३० गते अर्थात् २००७ सालको अन्तरिम संविधानमा संविधान सभाको चुनावको घोषणा भएको ६५ वर्षपछि मात्र संविधानको निर्माण हुन सक्यो। भदौ ३० गतेसम्म आइपुग्दा संविधान सभाले कैयौ" बाधाविरोध, अवरोध र षड्यन्त्रको सामना गर्नुपरेको छ।
विसं २००७ सालको परिवर्तनपछि अन्तरिम संविधानको घोषणा गर्दा स्वयं राजा त्रिभुवनको पनि सहमति थियो। तर, संविधान सभाद्वारा सार्वभौमसत्ता जनतामा हस्तान्तरण भयो भने राजतन्त्रको अस्तित्व समाप्त हुने आशंकामा उनले संविधान सभाको चुनावलाई खारेज गर्न षड्यन्त्र गरे। त्यो अवस्थामा संविधान सभाको चुनावलाई सुनिश्चित गर्न नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय कांग्रेससमेतको भद्र अवज्ञा आन्दोलन भयो। तर, त्यो आन्दोलनमा सामेल भएका राजनीतिक पार्टीहरू वा तिनका नेताहरू छिटै एक/एक गर्दै राजाको संविधान सभाविरुद्धको षड्यन्त्रमा सामेल हु"दै गए। पछि डा. डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेसको कुन प्रकारको भूमिका रह्यो? अहिले मलाई सम्झना छैन। टंकप्रसाद आचार्यलाई उनको जीवनकालमै जिउँदो सहिद मानिन्थ्यो। तर, प्रधानमन्त्री बन्न पाउने भएपछि उनी संविधान सभाविरुद्ध उभिए। प्रधानमन्त्री पद पाउने भएपछि डा. के.आई. सिंहले पनि संविधान सभाको चुनावलाई रद्दीको टोकरीमा फालिदिनुपर्छ भने। पछि सुवर्ण शमशेरलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने र उनको नेतृत्वको सरकारको तत्वावधानमा नै संसद्को चुनाव गराउन राजा सहमत भएपछि बीपी कोइराला पनि संविधान सभाको माग छाड्न तयार भए। त्यस क्रममा हाम्रो पार्टीका महामन्त्री डा. केशरजंग रायमाझीको नेतृत्वको बहुमतले पनि संविधान सभाको नारालाई छोड्ने निर्णय गर्योर। तुलसीलाल अमात्य पनि डा. रायमाझीको त्यो प्रस्तावमा सहमत भए। तर, पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ र मसमेतको अल्पमतले लगातार र दृढतापूर्वक संविधान सभाका लागि पार्टीभित्र संघर्ष गरिरह्यौ"। विसं २०१७ साल पुस १ गतेको प्रतिगामी कदमपछि नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा 'दरभंगा प्लेनम'को नामले प्रसिद्ध प्लेनममा पुष्पलाल, शम्भुरामसमेतले विघटित संसद्को पुनर्स्थापनाको माग गर्दै संविधान सभाको नारा छाडे। त्यसपछि केन्द्रीय समितिमा संविधान सभाको पक्षमा म एकजना मात्र बा"की रहे"। त्यसले गर्दा केन्द्रीय समितिमा मैले एक्लै संविधान सभाका लागि संघर्ष गर्नुपर्ने स्थिति सिर्जना भयो। तर, प्लेनमले अत्यधिक बहुमतले संविधान सभाको नारालाई पारित गर्यो । यद्यपि, केन्द्रीय समितिको बहुमतले प्लेनममा पारित संविधान सभाको नारालाई कार्यान्वयन गर्न अस्वीकार गर्योक।
तेस्रो महाधिवेशनको तयारीको क्रममा प्युठानबाट फर्कंदा २०१८ सालमा म कपिलवस्तुमा गिरफ्तार भए" र तेस्रो महाधिवेशनमा सामेल हुन सकिन"। दरभंगा प्लेनममा पारित संविधान सभासम्बन्धी प्रस्तावलाई आधार बनाएर बलराम बाँस्कोटासमेतले तेस्रो महाधिवेशनमा संविधानसम्बन्धी एउटा प्रस्ताव प्रस्तुत गरे। तर, त्यो प्रस्ताव पारित हुन सकेन। विसं २०२७ चैतमा म जेलबाट छुटे"। त्योबेला तेस्रो महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिको विघटन भैसकेको थियो र पार्टी कैयौ" समानान्तर केन्द्रीय वा क्षेत्रीय समितिमा बा"डिएको थियो। जेलबाट छुटेपछि हामीहरू केन्द्रीय न्युक्लस बनाएर एकीकृत पार्टीको निर्माणमा लाग्यौ" र २०३१ साल असारमा बनारसमा चौथो महाधिवेशन भयो।
चौथो महाधिवेशनमा मैले राजनीतिक प्रस्ताव प्रस्तुत गरेको थिए"। त्यसमा राजाको निरंकुश शासन र पञ्चायती प्रणालीको अन्त्यको संघर्षमा मुख्य जोड दिइएको थियो। त्यो नै त्यसबखतको मुख्य संघर्षको कार्यक्रम भयो। साथै, त्यो प्रस्तावमा जनताबाट चुनिएका प्रतिनिधिहरूलाई संविधान बनाउने अधिकार हुनुपर्छ भन्ने मागलाई तात्कालिक न्यूनतम कार्यक्रमको मुख्य मागका रूपमा राखिएको थियो। विसं २०४१ सालमा पार्टीको पा"चौ" महाधिवेशनमा मैले प्रस्तुत गरेको तात्कालिक राजनीतिक प्रस्ताव पारित भयो। त्यसमा तात्कालिक न्यूनतम कार्यक्रममा यो माग प्रस्तुत गरिएको थियोः 'राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भएर सत्ता जनतामा हस्तान्तरण हुनुपर्छ।'
विसं २०४६ मा राजाको निरंकुश शासन र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध संयुक्त आन्दोलन भयो। त्योबेला वामपन्थी शक्तिहरूको वाममोर्चा बनेको थियो। हाम्रो पार्टीलाई त्यसमा सामेल गरिएन। त्यसपछि हामीले संयुक्त राष्ट्रिय अभियान बनाएर निरंकुश शासनको अन्त्यका लागि संघर्ष गर्यौी"। चैत २६ गते वाममोर्चा, कांग्रेस र राजाबीच सम्झौता भयो। आन्दोलन अन्त्य भयो र बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। त्यसलगत्तै हाम्रो पार्टीले संविधान सभाको नारा दियो। संयुक्त राष्ट्रिय अभियानमा सामेल भएका अन्य पक्षहरू संविधान सभाको नारामा सामेल भएनन्। संविधान सभाको प्रश्नमा हाम्राबीच मतभेद भए पनि अन्य सहमतिका प्रश्नमा हामी मिलेर जाऔ" भनेर हामीले प्रस्ताव राख्यौ"। तर, संविधान सभाको प्रश्नमा मतभेद भएकाले अन्य पार्टी हामीसित मिलेर काम गर्न तयार भएनन् र संयुक्त राष्ट्रिय अभियानको विघटन भयो। त्यसपछि हामीले आफ्नो एक्लो पहलकदमीमा देशव्यापीरूपमा संविधान सभाको पक्षमा संघर्षलाई अगाडि बढायौ"।
वाममोर्चा र कांग्रेस एउटा संवैधानिक आयोग बनाएर संविधान निर्माण गर्ने मस्यौदा तयार पार्न र राजाद्वारा त्यसको घोषणा गर्ने कार्यमा लागे। तर, हामीले संविधान सभाद्वारा नै संविधान निर्माण गर्नुपर्ने कुरामा जोड दियौ"। अन्त्यमा राजाद्वारा संविधान घोषणा गरियो। त्यो संविधानलाई कालो संविधान घोषित गर्दै त्यसका विरुद्ध हामी देशव्यापी आन्दोलनमा गयौ"। विंसं २०४८ सालमा राजाद्वारा जारी गरिएको संविधानका आधारमा संसद्को चुनाव भयो। हामीले संविधान सभाको चुनावमा जोड दि"दै संसदीय चुनाव बहिष्कार गर्यौक"। अहिलेको माओवादी, एमाले र कांग्रेससमेतले संविधान सभाको चुनावलाई लिएर गरिएको आन्दोलनको देशव्यापीरूपमा विरोध गरे। त्यसरी संविधान सभाको संघर्षमा हाम्रो पार्टी एक्लो बन्यो। तैपनि हामीले सम्झौताहीन प्रकारले संविधान सभाका लागि संघर्ष गरिरह्यौ"।
विसं २०५१ मा हाम्रो पार्टीको छैटौ" महाधिवेशन भयो। त्यो महाधिवेशनमा मैले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको थिए"। त्यसमा तात्कालिक न्यूनतम कार्यक्रममा यी मागहरू थिए : 'राजतन्त्रको अन्त्य र सत्ता राजाबाट जनतामा हस्तान्तरण हुनुपर्छ। संविधान सभाको चुनाव हुनुपर्छ।' माओवादीले सशस्त्र संघर्ष सुरु गरेपछि पनि संविधान सभाको हाम्रो मागलाई दक्षिणपन्थी नारा घोषित गरेर त्यसविरुद्ध देशव्यापी अभियान चलाए। हाम्रो जोड यसमा थियो – देशमा निरंकुश राजतन्त्रको अन्त्य भएर वैधानिक राजतन्त्र कायम भए पनि सार्वभौमसत्ता राजाको हातमा रह"दासम्म पुनः निरंकुश राजतन्त्र कायम हुने खतरा रहन्छ। त्यसैले हामीले सत्ता जनतामा हस्तान्तरण र त्यसका लागि संविधान सभाको चुनावमा लगातार जोड दि"दै आएका थियौ"। राजा ज्ञानेन्द्रको निरंकुश शासन कायम भएपछि माओवादी र अन्य राजनीतिक पार्टी तथा संगठनहरूलाई पनि संविधान सभाको औचित्य स्पष्ट भयो। त्यसपछि अन्य राजनीतिक पार्टी र संगठनले पनि संविधान सभाको नारालाई समर्थन गरे। र, संविधान सभाको पक्षमा बलियो आधार तयार भयो। विसं २०६२–६३ को जनआन्दोलनपछि २०६४ सालमा संविधान सभाको चुनाव भयो।
राजा र विभिन्न राजनीतिक शक्तिले संविधान सभाको नाराबारे सही नीति अपनाउन नसकेकाले र उनीहरूले त्यो प्रश्नमा गलत वा अदूरदर्शी नीति अपनाउने गरेकाले नै २००९ सालमा हुने भनिएको संविधान सभाको चुनाव ५५ वर्षपछि मात्र भयो। प्रमुख राजनीतिक शक्तिका गलत र अदूरदर्शी नीतिको परिणामस्वरूप संविधान सभाको चुनाव भए पनि त्यसले संविधान निर्माण गर्न सकेन। हामीले पहिलो संविधान सभाको कालदेखि लगातार संविधानको निर्माणमा जोड दिइरह्यौ"। तर, संविधान नबनाईकनै त्यसको विघटन भयो। त्यसपछि के गर्ने? देशमा बेग्लाबेग्लै मतहरू आएका थिए। तर, हाम्रो पार्टीले दृढतापूर्वक पुनः अर्को संविधान सभाको चुनाव गरेर संविधान निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दियो। त्यसपछि २०७० को मंसिरमा दोस्रो संविधान सभाको चुनाव भयो। नया" संविधान सभाले २०७१ को मध्यसम्म संविधान निर्माण गर्ने ठेगान भए पनि काम हुन सकेन। अन्ततः भदौ ३० गते संविधान सभाले संविधान पारित गरेको छ, यो स्वागतयोग्य छ।
संविधान सभालाई असफल पार्न प्रतिगामी शक्तिहरूले बारम्बार प्रयत्न गरे भने आन्दोलन पक्षधर शक्तिहरूका गलत र अदूरदर्शितापूर्ण नीतिका कारण पनि लामो समयसम्म संविधान सभाको चुनाव हुन सकेन। दक्षिणपन्थी दिशाबाट बाहेक वामपन्थीहरूबाट पनि त्यसको चुनावमा बाधा पुग्यो। खासगरेर संविधान सभालाई पु"जीवादी निकाय सम्झेर त्यसको विरोध गर्ने वामपन्थी सोचले पनि बारम्बार यसको चुनाव र संविधान निर्माणको प्रक्रियामा बाधा पुग्यो। विभिन्न राजनीतिक शक्तिका संकीर्ण महत्वाकांक्षा पूरा गर्न सत्ताका लागि प्रतिस्पर्धा गर्ने कार्यशैलीले संविधान निर्माणमा बाधा पुग्यो। तर, ती सबै बाधाका बीच अहिले आएर संविधान पारित भएको छ। देशका प्रमुख राजनीतिक शक्तिका नेताहरूले विगतमा गम्भीर गल्ती गरेका भए पनि संविधान निर्माणका लागि अहिले प्रदर्शन गरेको अडान र ऐक्यबद्धताले सफल हुन सक्यो। त्यसका लागि ती सबै नेता धन्यवादका पात्र छन्।
संविधान त निर्माण भयो, तर यसमा जोडिएका कतिपय अन्य नकारात्मक प्रश्नको चर्चा गर्नु पनि सायद अप्रासंगिक हुनेछैन। त्यतिमात्र होइन, संविधान सभाको चुनाव र संविधान निर्माणको पक्षलाई सही परिप्रेक्ष्यमा बुझ्नका लागि त्यसप्रकारको जानकारीले पनि मद्दत पुर्यासउनेछ। संविधान सभाको चुनाव र संविधान निर्माणको क्रममा बारम्बार त्यसको सार्वभौमसत्तालाई अतिक्रमण वा कुण्ठित गर्ने काम गरियो। संविधान सभाद्वारा आफ्ना मागहरू पूरा नहुने आशंकाले कैयौ" पक्षले पहिले नै अन्तरिम संविधानमा संशोधन गरेर वा सरकारसित विभिन्न प्रकारको सम्झौता गरेर अथवा ती सीमाभित्र संविधानको निर्माण गर्ने बाध्यात्मक परिस्थितिको सिर्जना गरेर संविधान सभाको अधिकारलाई कुण्ठित गर्ने प्रयत्न गरे। त्यही प्रकारको पृष्ठभूमिमा अन्तरिम संविधानमा संशोधन गरेर त्यसमा संघीयतालाई सामेल गरियो र त्यसको सीमाभित्र नै संविधान निर्माण गर्ने काम गरियो।
कुनै बेला ४ कुनै बेला ३ ठूला राजनीतिक पार्टीले नै पहिले सबै विषयमा निर्णय वा सहमति कायम गरेर पहिलेको ४ वर्षको कालमा र पछिल्लो संविधान सभाको कालमा पनि संविधान सभाको वा सबै सभासद्को भूमिकालाई एकदम कुण्ठित पार्ने काम गरियो। देशमा लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा त्यो अत्यन्त आपत्तिजनक कार्य हो र अब पनि त्यो प्रणाली कायम रह्यो भने त्यसले लोकतन्त्रको आधारलाई कमजोर पार्नेछ। त्यसकारण त्यो प्रणालीमा सुधार गर्ने कार्यमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।
अहिले पारित संविधानमा विभिन्न प्रकारका दबाबमा आएर कैयौ" आपत्तिजनक प्रावधान जोडिएका छन् वा राखिएका छन्, जसका दूरगामी दुष्परिणामहरू हुनेछन्। तैपनि, समग्ररूपमा संविधान बन्नु सकारात्मक कुरा हो र त्यसले देशमा ठूलो ऐतिहासिक आवश्यकता पूरा गरेको छ। त्यसको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने त्यसबाट गणतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्नेछ। संघीयतासहित संविधानका कतिपय पक्षमा हाम्रो गम्भीर मतभेद छ। तर, ती मतभेदका कारण संविधान निर्माणमा बाधा पुर्यातउने हाम्रो कहिल्यै पनि नीति भएन र आफ्नो त्यो मतभेदलाई कायम राख्दै संविधान निर्माण कार्यलाई सफल पार्न हामीले सधैँ सकारात्मक दृष्टिकोण अपनाउ"दै आएका छौ"। त्यही नीतिअनुसार अहिले पनि आवश्यकताअनुरूप त्यसमा भएका कमजोरीहरूलाई सुधार गर्न भविष्यमा संघर्ष गर्ने अधिकारलाई सुरक्षित गर्दै हामीले त्यसलाई स्वागत गर्नुपर्छ र गर्छौं पनि।
अन्त्यमा,
संविधान बन्यो। तर, संविधान निर्माण कार्यलाई असफल पार्न र त्यसलाई आफ्ना निहित स्वार्थका पक्षमा उपयोग गर्न चाहने कैयौ" देशीविदेशी शक्ति अहिले पनि सक्रिय छन्। उनीहरूका प्रयत्नबाट लोकतन्त्र, गणतन्त्र वा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा विभिन्न प्रकारले बाधा पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ। संविधानको निर्माणपछि पनि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि उच्च प्रकारको सतर्कता र ऐक्यबद्धताको आवश्यकता छ।
०२ असोज २०७२
•
२१ मिनेट पाठ