शिक्षण पेसा छाडेर फूल खेती, फूलको माग पुर्‍याउन धौधौ
०९ कार्तिक २०७९
•
३ मिनेट पाठ
शिक्षण पेसा छाडेर फूल खेती, फूलको माग पुर्‍याउन धौधौ
भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।




गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ।

पाख्रिनले भने, 'गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो।' कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए।

तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ। जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उनले बताए। पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन्। चितवनमा यो पेसा गरेकापाख्रिनले पाँच वर्ष भयो।

धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए। यसका लागि उनले शिक्षण पेसासमेत छाडे। बीस वर्ष अगाडि उनले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउँथ्ये मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउँथ्ये तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन।

उनी भन्छन्, 'फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।' यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएनन्। उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढाए। यसले पनि उनको तिर्खा मेट्न सकेन।

अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए। पुष्प किसान बन्ने निधो गरे। त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन्। यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्।

फूलको माग पुर्‍याउन धौधौ

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन्। 'फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन। १० हजार माला मात्र बेचे मुनाफा दुई लाख रुपैयाँ हुन्छ। चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन', उनले भने।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ।

रोजगारीको राम्रो अवसर

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन्। जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन्। पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन्। मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन्। जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछिन्।

'विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ। घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पुर्‍याउन सक्दा खुसी लाग्छ', उनले भनिन्। भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आएका छन्। उनीहरुलाई घरपरिवारको रोकटोक छैन।

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउँछिन्। तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन्। 'आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन। केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन्। काम नपाएको समयमा खाली बस्नु पर्छ', उनले भनिन्।

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ। यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए।

मखमली फूल भने कमै लगाइएको छ। जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन्। तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ।  
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस