नेपाल २३ वर्षपछि च्याम्पियन
०८ माघ २०७२
•
८ मिनेट पाठ
नेपाल २३ वर्षपछि च्याम्पियन
काठमाडौं- खेलमिलेमतो प्रकरण, एन्फा अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको अभियोगको १० वर्षे प्रतिबन्ध अनि मैदानभित्र लगातारको असफल नतिजाका कारण नेपाली फुटबलप्रेमीमा कुनै उत्साह थिएन। अघिल्लो महिना भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंकाको प्रयोगात्मक टोलीसँग पनि पराजित हुँदै समूह चरणबाटै बाहिरिएपछि समर्थकको निराशा झनै बढेको थियो।त्यस्तो अवस्थामा बंगबन्धु कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्न बंगलादेश जान लागेको टोलीबाट ठूलो आश गरिएको थिएन। तर, सबैको अपेक्षाविपरीत उच्च प्रदर्शन गर्दै नेपाली राष्ट्रिय टोलीले लामो समयपछि उपाधि जित्ने स्वर्णिम मौका शुक्रबार चुकाएन।

बहराइनको २३ वर्षमुनिको टोलीमाथि ३–० को रवाफ जमाउँदै नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्यो। विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठको गोलमा फाइनलको नतिजा आफ्नो पक्षमा पारेपछि ढाकास्थित बंगबन्धु रंगशालामा २३ वर्षपछि नेपालले चरम खुसीको क्षण आत्मसात गर्योफ। पछिल्लोपटक सन् १९९३ मा नेपालले सोही मैदानमा छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म जितेको त्यो पछिल्लो आधिकारिक उपाधि हो। आमन्त्रण प्रतियोगिताको हकमा भने २००९ मा काठमाडौंमा सम्पन्न पहिलो प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपाल रातोले जितेको थियो।

१९९३ मा छैटौं साफ जित्दामा गोलकिपर उपेन्द्रमान सिंह अहिले राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षकमा छन् भने अर्का सदस्य बालगोपाल महर्जनले मुख्य प्रशिक्षकका रूपमा नेपाली टोलीको नेतृत्व गरिरहेका छन्।

दक्षिण एसियाभन्दा बाहिरका टोलीसमेत सहभागी भएको प्रतियोगिता पहिलोपटक जित्नेक्रममा नेपालले विजेता सूचीमा पहिलो राष्ट्रिय टोलीका रूपमा पनि नाम लेखाएको छ। २० वर्षको इतिहास भए पनि चारपटकमात्र हुन सकेको प्रतियोगिता यसअघि कुनै पनि राष्ट्रिय टोलीले जित्न सकेको छैन।

उपाधिसँगै नेपाली टोलीले नगद पुरस्कारस्वरुप ५० हजार अमेरिकी डलर प्राप्त गर्योन। बहराइनले २५ हजार अमेरिकी डलर पायो। यसैबीच, एन्फाले पनि २३ सदस्यीय नेपाली टोलीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ। राष्ट्रिय खेलकुद परिषदले उपाधि जिते जनही २ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ।

नेपाली टोलीका प्रशिक्षक बालगोपालले जितलाई नेपाली फुटबलका लागि मात्र नभई समग्र खेलकुदकै लागि खुसीको दिन भएको बताएका छन्। ...फुटबलका लागि यो विशेष दिन त हुँदै हो समग्र खेलक्षेत्रले पनि यसमा खुसी मान्नुपर्छ,' उनले भने, ...सेमिफाइनलमा माल्दिभ्स जस्तो टोलीलाई हराएपछि भने हामी च्याम्पियन बन्नेमा आशावादी थियौं। बहराइनले राम्रो खेल्यो तर हामीले त्यो भन्दा पनि राम्रो खेल्यौं।'

सामूहिक प्रदर्शनका कारण च्याम्पियन बन्न सफल भएको जनाउँदै उनले भने, ...हरेक खेलाडीले एकअर्कालाई सहयोग गरेर खेलेका छन् र धेरैपछि हामी एउटै प्रतियोगितामा धेरै गोल गर्न सफल पनि भएका छौं। यति बेला म खेलाडी, प्रशिक्षण टोली, नेपाली फुटबलप्रेमी सबैलाई धन्यवाद दिन चाहन्छु।'

लामो समयसम्म गोलको खडेरीबाट गुजि्रइरहेको टोलीका लागि गोलको वर्षा गराउन सफल फरवार्ड नवयुग श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता बने। सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को नतिजा निकाल्दा ह्याटि्रक गरेका नवयुग चार गोलसाथ उच्च गोलकर्ता बनेका हुन्। यसैगरी फाइनलमा आफै एक गोल गर्नुका साथै नवयुगलाई अर्को गोलको अवसर सिर्जना गरेका विमल प्लेयर अफ दी फाइनल भए।

विमलको गोलबाट नेपालले चौथो मिनेटमा अग्रता लियो। कप्तान विराज महर्जनको क्रस अञ्जन विष्टले हेड गर्दा विपक्षी गोलकिपरले पन्च गरे, त्यसको रिबाउन्डमा विमलले नजिकबाट गोलको खाता खोले। समय सकिन तीन मिनेट बाँकी रहँदा विशालले नेपालको अग्रता दोब्बर पारे। अञ्जनले विपक्षी रक्षकलाई छलाएर निकालेको सुन्दर पासमा विशालले गोल गरेका हुन्। विमलको सानदार क्रसमा नवयुगले इन्जुरी समयमा हेडबाट गोल गर्दै जित निश्चित गरेका थिए।

तनावबीच सम्पन्न फाइनल खेल सकिँदा मैदानमा नेपाल १० तथा बहराइन ९ खेलाडीमा सीमित भइसकेका थिए। ८१ औं मिनेटमा नेपालका सुमन लामा र बहराइनका खेलाडी झगडामा उत्रेपछि दुवैले रातो कार्डको सामना गरे। इन्जुरी समयको दोस्रो मिनेटमा विराजलाई लात हानेपछि बहराइनका कप्ता नासिर अल ओसामले पनि रातो कार्ड पाउँदै मैदान छोडे।

खेलको सुरुआतमै गोल गरेका कारण त्यसले खेल जित्न मद्धत पुगेको प्रशिक्षक महर्जनले बताए। 'सुरुमै गोल गर्दा सबै खेलाडीको मनोबल उच्च हुन्छ। यसलाई अन्तिमसम्म कायम राख्न खेलाडी सफल भए। जसका कारण २३ वर्षपछि पुनः ढाका आएर च्याम्पियन बन्न सफल भयौं। त्यतिबेला खेलाडी र अहिले पहिलोपटक प्रशिक्षणको पूर्ण जिम्मेवारी पाउँदा उपाधि जित्नुको बेग्लै आनन्द हुँदोरहेछ। यसलाई शब्दमा मात्र बयान गर्न कठिन छ।'

१९९९ मा आठौं साफ खेलेयता नेपालले औपचारिक प्रतियोगिताको फाइनल खेलेको छैन। उपाधि विजेता नेपाली टोली बंगबन्धु कपको एकमात्र अपराजित टोली रह्यो। फिफा वरीयतामा समेत दक्षिण एसियाली राष्ट्रमध्ये पुछारको नेपालले यसै प्रतियोगिताका क्रममा श्रीलंका र मादिल्सका राष्ट्रिय टोलीलाई हराउनुका साथै बंगलादेशसँग बराबरी खेलेर वरीयतामा सुधार गर्ने सम्भावना बढाएको छ।
अर्को समाचार
भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग च्याम्पियन
०३ फागुन २०७२
•
१ मिनेट पाठ
भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग च्याम्पियन
१२अाैँ सागकाे पुरूष फुटबलमा भारतलाई २-१ गाेलले हराउँदै नेपाल च्याम्पियन बनेकाे छ। नेपालले २३ वर्षपछि सागमा च्याम्पियन बन्दै स्वर्ण जितेकाे छ। नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथाेकीले गाेल गरे। नेपालले दुबै गाेल दाेस्राे हाफमा गरेकाे हाे।बुढाथाेकीले ६५अाैँ र श्रेष्ठले ७१अाैँ मिनेटमा गाेल गरे। यसअघि भारतले ३१अाैँ मिनेटमन पेनाल्टीमार्फत गाेल गर्दै अग्रता लिएकाे थियाे। नेपालले माल्दिभ्सलाई ४-३ गाेलले हराउँदै फाइनल यात्रा तय गरेकाे थियाे।

नेपालकाे महिला टाेली भने भारतसँग ४-० ले पराजित भयाे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
क्रिकेट टोलीलाई बधाई
क्रिकेट टोलीलाई बधाई
सम्पादकीय सम्पादकीय • · २७ असोज २०६९ · ६ मिनेट पाठ
२२ वर्षपछि उपाधि
नागरिक नागरिक • · १२ भदौ २०७२ · ८ मिनेट पाठ
लिगमा पुलिसको विजयी सुरुवात
नागरिक नागरिक • · ०८ फागुन २०६६ · ४ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस