आज राष्ट्रका सबै क्षेत्र अत्यन्तै जोखिमपूर्ण अवस्थामा छन्। यस्तो अवस्थाबाट राष्ट्रलाई मुक्त गराएर समृद्ध नेपाल र सम्पन्न, सभ्य नेपाली बनाउन निर्माणात्मक गतिविधिका आधारमा सबै नेपाली गोलबद्ध भएर आमूल परिवर्तनका लागि सम्पूर्ण क्रान्ति आजको आवश्यकता हो। सम्पूर्ण क्रान्तिअन्तर्गत नागरिक सर्वोच्चताको सेरोफेरोमा यहाँ चर्चा गरिएको छ।
नागरिक सर्वोच्चता के हो? देशमा बसोबास गर्ने प्रत्येक नागरिकको सर्वोपरि स्थान नै नागरिक सर्वोच्चता हो। यो सर्वोपरिता लोकतान्त्रिक शासन पद्धतिमा मात्र सुरक्षित रहन्छ। यस क्रममा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले उठाएको नागरिक सर्वोच्चताको सन्दर्भतिरै सबैको ध्यान आकृष्ट गराउँदै छु।
संविधानसभाको २०६४ चैत्र २८ गने सम्पन्न निर्वाचनमा वैज्ञानिक धाँधली गरेरै सबैभन्दा ठूलो पार्टी बन्न पुगेको माओवादीको ८ महिना १७ दिने शासनकालमा अनेकौं विफलता बेहोर्नुपर्यो। संविधानसभाको निर्वाचनमा हुनै नसक्ने र गर्नै नसकिने सपना मतदाताबीच बाडेकै कारणले अरू विचार राख्ने पार्र्टी र जनताको मात्र-होइन आफ्नै कार्यकर्तालाई समेत आश्वस्त पार्न नसकेकै हुनाले जिम्मेदारीबाट भाग्ने बहानामा चालिएको कदम प्रधानसेनापति प्रकरण हो।
प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताबाहिर रहेका पार्टीहरूको त कुरै नगरौँ सत्तासाझेदार नेकपा एमालेसहितका पार्टीहरूको असहमति हुदाँहुँदै तत्कालीन प्रधान सेनापति कटवाललाई बर्खास्त गरी, त्यसको भोलिपल्टै झुटैझुटका शब्दजाल प्रस्तुत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिए। राष्ट्रपतिको कदम असंवैधानिक भयो भन्नु स्वयं माओवादी नेतृत्वको असंवैधानिक कदम थियो। किनभने "राष्ट्रपति नेपाली सेनाको सर्वोच्च परमाधिपति हुनेछ " (धारा १४४ उपधारा १ क ), "नेपाली सेनाको प्रधानसेनापतिको नियुत्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ " ( धारा १४४ उपधारा २ ) र "नेपाली सेनाको नियन्त्रण , परिचालन र व्यवस्थापन कानून बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्नेछ। मन्त्रिपरिषदले राजनीतिक सहमति र व्यवस्थापिका - संसदको सम्बन्धित समितिको सुझाव लिई नेपाली सेनाको लोकतान्त्रीकरणको विस्तृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने छ " (धारा १४४ उप धारा ३ ) भन्ने वर्तमान संविधानमा उल्लेख गरिएको छ।
कटवालको बर्खासी र खड्काको नियुक्ति नेपालको अन्तरिम संविधान २०६३ को मर्मविपरीत थियोे भन्ने संविधानको धारा ‘१४४' को उपधारा ‘१ क, २ र ३' ले प्रस्ट देखाएकाले यस प्रकरणमा राष्ट्रपति होइन प्रधानमन्त्री र उनको पार्टीको निर्णय र क्रियाकलाप असंंवैधानिक देखिन्छ।
नेपाली जनताको वास्तविक चाहना शान्ति-सुव्यवस्था र गास, बास, कपास एवं स्वतनत्रतालाई मूर्तरूप दिने आधार भएको २०६७ जेठ १४ गते जारी हुने "नेपालको संविधान २०६७ " नै हो।
तत्कालीन प्रधानमन्त्री दाहाल र निजको पार्र्टी एक्लैले सेनापति प्रकरणमा चालेको कदम संविधानविपरीत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा ‘३६ क' को उपधारा ‘३' का आधारमा राष्ट्रपति डा. रामवरण यादवले संविधानको रक्षा गर्नै पर्थ्यो। संविधानको ‘३६ क' ‘३' मा भनिएको छ : " संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।"
लोकतान्त्रिक मूल्य, मान्यता र विधि-विधानलाई आत्मसात् गरी अरू पार्टी र माओवादीसमेतले बनाएको नेपालको अन्तरिम संविधान, २०६३ मा राष्ट्रपतिविरूद्ध संकल्प प्रस्ताव ल्याउने व्यवस्था नै छैन। राष्ट्रपतिले असंवैधानिक कदम चालेभने निजविरूद्ध महाभियोग लगाउने संविधानमा व्यवस्था छ। तैपनि, बन्दुके ध्वाँस देखाउँदै सशक्त आन्दोलनको आँधीबेहरी ल्याउनेजस्ता प्रचारबाजी गर्नुमा कुनै तुक छैन। यो सिङ्गो नेपाल र नेपाली जनताको हितमा पनि हुँदैन। अझ भनौँ यस्ता गतिविधिले नेपाल र नेपालीको अधोगतिमात्र हुन्छ। विकास त हुँदै हुँदैन। यस्ता गतिविधिले अग्रगमन होइन प्रतिगमनलाई नै मलजल गरी हुर्काउनेछ।
संविधानको धारा ‘३६ ङ' उपधारा ‘ख' मा "निजले (राष्ट्रपतिले) संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा संविधान सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको कम्तीमा दुई तिहाई बहुमतबाट निजको विरूद्ध महाभियोग प्रस्ताव पारित भएमा" भन्ने व्यवस्था भएकाले राष्ट्रपतिविरूद्ध संकल्प होइन, महाभियोगको प्रस्ताव संसद्मा ल्याएर छलफल गर्न सकिन्छ।
नागरिक सर्वोच्चता हत्या, हिंसा र आतंक एवं हतियारको बलमा होइन, आपसी सद्भाव तथा अहिंसात्मक गतिविधिका आधारमा प्राप्त हुन्छ, रहन्छ। तसर्थ आफ्नै सेना राख्ने पार्टीले नागरिक सर्वोच्चताको कुरा गर्नु जनतालाई महामूर्ख हुन् र केही पनि जान्दैनन् भन्ने धुर्त्याइँले भरिएको चालबाजी नै हो। नागरिक सर्वोच्चताको कुरा उठाएर संसद् अवरूद्ध गर्नु जनमतको अपमान गर्नु हो। किनभने नागरिक सर्वोच्चताको बारेमा छलफल गर्ने प्रतिनिधिमूलक थलो संसद् नै हो। माओवादीको हतियारको दम्भकै कारणले नेपालमा शान्ति-सुव्यवस्था र लोकतान्त्रिक संविधान बन्न नसक्ने देखिन थालेको छ। यसबारेमा संविधान चाहेका हुन् भने संविधानसभा हाम्रो एजेन्डा हो भन्ने पार्टीले आफ्ना गतिविधिमा आमूल परिवर्तन गर्नुपर्छ। हिंसा होइन, संघर्षको ध्वाँस होइन मेलमिलाप गरेर नयाँ नेपालको संविधान बनाउनुपर्छ।
आफ्नै कारणले सरकार चलाउन नसकेर भागेको माओवादी नेतृत्वले आफ्नै नेतृत्वमा फेरि राष्ट्रिय सरकार गठन गर्छु, यसको विकल्प छैन भनी डुक्रनु पनि हास्यास्पद हो। यसरी सिङ्गो नेपाल र नेपाली जनताको भाग्यमाथि खेलबाड नगरी सके ६ सय १ सभासद भएको संविधानसभामा ३०१ को बहुमत देखाएर राष्ट्रिय सरकार बनाएर भैहाल्यो नि! कसले रोकेको छ? भिन्न विचार राख्नेलाई तथानाम गाली गरेर, बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको सम्पति कब्जा गरेर, गाउँ ठाउँबाट लखेटेर, संघर्ष गर्छौ सत्ता कब्जा गछर्ौँ भन्ने कुरामात्र गरेर, हत्या र यस्तै प्रकृतिका अरू गतिविधि गरेर नागरिक सर्वोच्चता प्राप्त हुँदैन।
माओवादी नेतृत्व र यसका पक्षधरले हतियारको दम्भमा सत्ता कब्जा गर्छाैँ र जनता हाम्रा पक्षमा छन् भन्ने भ्रमबाट मुक्त भएर सत्ताको मोह त्याग्नु पर्छ। जनताको सर्वोपरिता अर्थात् नागरिक सर्वोच्चता चाहेकै हो भने नेतादेखि कार्यकर्तासम्म सबैले वर्तमान युग हतियारको होइन विचारको हो भन्ने यथार्थ बिनाहिचकिचाहट स्वीकार गर्नुपर्छ। यसैमा नेपाल र नेपालीको हित हुनेछ।
यिनै मापदण्डको आधारमा पार्टीगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी गास, बास, कपास र स्वतन्त्रता निर्बाधरूपमा सबै नेपालीले प्राप्त गर्न सकून भन्ने उद्देश्य राखी सबै क्रियाशील भएमा हामीलाई संसारको कुनै पनि शक्तिले परास्त गर्न सक्दैन। त्यसपछि सम्पूर्ण क्रान्ति आधारभूमि तयार हुनेछ।
लेखक नेपाल प्राध्यापक संघका अध्यक्ष हुन्